fbpx

लगानीमैत्री कानुनका लागि संशोधन आवश्यक: महासंघ अध्यक्ष ढकाल

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं I नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री वातावरणका लागि केही कानुन संशोधन आवश्यक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को उद्घाटन समारोहमा बोल्दै उनले गत वैशाखको लगानी सम्मेलनपछि कानुन संशोधन भए पनि नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयनमा चुनौती रहेको बताए।

ढकालले निजी क्षेत्रका अन्त:शुल्क, उत्पादनका समस्या र मूल्य निर्धारणका विषयलाई समयमै समाधान गर्न सरकारलाई आग्रह गरे। “सरकार र निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलन सम्पन्न भयो। कानुन संशोधन भए पनि कार्यान्वयनमा ढिलाइ भएको छ। अझै केही कानुन परिवर्तन गर्न आवश्यक छ,” उनले भने।

ढकालले वर्तमान सरकारले व्यवसायीसँग छलफल गरी काम गरिरहेको प्रयासको स्वागत गर्दै उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएकोमा धन्यवाद व्यक्त गरे। उनले व्यवसायीहरूलाई लगानी प्रभावित गर्ने कानुनबारे सुझाव दिन पनि आग्रह गरे।

समस्याहरू समाधान गर्न सके छोटो समयमा आर्थिक सुधार सम्भव हुने विश्वास व्यक्त गर्दै उनले सरकार र निजी क्षेत्रको सहकार्यलाई अझ प्रभावकारी बनाउन सुझाव दिए।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू