fbpx

राष्ट्रगानका संगीतकारअम्बर गुरुङलाई स्मरण गर्दै मनाईयो ८५ औं जन्म जयन्ती

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपालको राष्ट्रगानका संगीतकार तथा कालजायी संगीत श्रष्टा अम्बर गुरुङको योगदानको स्मरण गर्दै उहाँको ८५ औं जन्म जयन्ती मनाईएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको शास्त्रीय तथा संगीत विभागले आईतबार प्रतिष्ठानकै कार्यालयमा गुरुङको ८५ औं जन्म जयन्ती मनाएकाे हाे ।

अम्बर गुरुङको तस्बिरमा माल्यापर्ण गर्दै सो प्रतिष्ठानकी कुलपति एवम् कार्यक्रमकी सभापति निशा शर्मा, उपकुलपति शम्भु राई, सदस्य सचिब कुश्मा महरा ९प्रगति०, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिब डा। धनप्रसाद सुवेदी, ललितकला प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य प्रदीप अधिकारीलगायतले गुरुङप्रति श्रद्धासुमन अर्पण गर्नुभयाे ।

सो प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् गायिका द्धवय राधा राई र कला राईले गुरुङको गीत गाउँदै उहाँलाई सम्झिनुभयाे । कार्यक्रममा राधाले सम्हालेर राख र कलाले पोखिएर घामको झुल्का गीत गाएका थिए ।

संगीत नाट्यकी कुलपति शर्माले अम्बर गुरुङसँग बिगतमा भेटघाट र काम गर्दाको अनुभव सुनाउँदै नेपाली सुगम संगीतमा गुरुङको योगदानको चर्चा गर्नुभयाे ।

कार्यक्रमका अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले गुरुङलाई ‘स्कुल अफ म्युजिक’को उपमा दिँदै आफ्नै गीत लेख्ने, संगीत गर्ने र गाउने अग्रज पुस्ताका थोरै कलाकारहरुमा अम्बर गुरुङ पनि एक भएको बताउनुभयाे ।
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् बरिष्ट संगीतकार शम्भु राईले नेपाली सुगम संगीतको प्रवर्धनमा अम्बर गुरुङको योगदानको जति चर्चा गर्दा पनि कम हुने बताउनुभयाे । सुगम संगीत युगका प्रतिनिधि संगीतकार गुरुङले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रहेर काम गरेको पनि उहाँले स्मरण गर्नुभयाे ।

सो प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य कर्णबहादुर गौतमले कार्यक्रममा सबैलाई स्वागत गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति समेत रहेका गुरुङको जन्म १९९४ साल १४ फागुनमा दार्जिलिङमा भएको बताउनुभयाे । अर्का प्राज्ञ परिषद सदस्य डाक्टर किरातले उहाँको पथलाई पहिल्याएर नयाँ पुस्त हिड्नु पर्ने कुरा सुझाउनुभयाे ।


काठमाडौं

सोमवार, अशोज २१, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन