fbpx

कर्तव्य ज्यान मुद्दामा फरार कोइरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, गृहमन्त्रालयले समेत विज्ञप्ति निकालेर उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

उनीविरुद्ध मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका प्रहरीका सई थमन थापालाई एम्बुलेन्सबाट झारेर हत्या गरेको अभियोग लागेको छ ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको २५ फागुनमा राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा कोइरीको नाम समावेश गरिएको छ । मतदाता नं १३०१९७२४ उल्लेख गरिएको कोइरीको परिचयपत्र समेत निर्वाचन आयोगले आफ्नो वेबसाईटमा अद्यावधिक गरेको छ ।

क्रम संख्या २४७ रहेको कोइरीको परिचयपत्र विवरण र फोटोसहित सार्वजनिक गरिएको छ । उनी अहिलेसम्म निलम्बनमा नपरेको हुनाले नाम सार्वजनिक गरिएको निर्वाचन आयोगको जनाएको छ ।

जनकपुर उच्च अदालतले २०७७ मा नै उनलाई पक्राउ गरेर थुनामा राख्ने आदेश दिएको थियो ।


काठमाडौं

सोमवार, माघ ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन