fbpx

साफ यु–१७ र एशियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ

author

समाचारपाटी

३ हप्ता अगाडि

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१७ फुटबल च्याम्पियनसिपका र एशियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ गरेको छ । आगामी सेप्टेम्बर २० देखि ३० सम्म भुटानको राजधानी थिम्पुमा सात राष्ट्र सम्मिलित साफ यु–१७ फुटबल च्याम्पिपयनसिप हुँदैछ । चाङ्लिमिथाङमा हुने च्याम्पियनसिपमा नेपालको समूह ‘बी’ मा आयोजक भुटानसहित पाकिस्तान र श्रीलंका छन् । नेपालको अर्को युवा टोलीले चाइनिज ताइपेइमा एएफसी यु–२० एशियन कपको छनोट पनि खेल्नेछ । एन्फाले मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रम आयोजना गर्दै दुवै युवा टोलीको बिदाइ गरेको हो । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा र सिइओ इन्द्रमान तुलाधारलगायतले नेपाली टोलीको बिदाइ गरेका हुन् । सो अवसरमा मन्त्री चौधरीले सगरमाथाजस्तो उच्च मनोबलका साथ खेल्न शुभकामना दिँदै साफ यु–१७ मा नेपालको इतिहास राम्रै रहेकाले यो नतिजालाई कायम राख्न अनुरोध गर्नुभयो । मन्त्री चौधरीले आफ्नो व्यक्तिगत प्रतिनिधित्व गर्न नभई नेपालको प्रतिनिधि भएर जाँदैछु भन्ने महशुस गर्न खेलाडीलाई आग्रह गर्नुभयो । 


एन्फका अध्यक्ष नेम्वाङले नयाँ फुटबल रंगशाला निर्माणका लागि जग्गा खोज्ने काम भइरहेको बताउनु भयो । साथै उहाँले दुवै नेपाली टोलीलाई राष्ट्र सम्झेर खेल्दै जितेर आउन शुभकामना दिनुभयो । नेपालको यु–२० युवा टोलीले एशियन कप छनोट चरणमा समूह ‘बी’ मा रहेर प्रतिष्पर्धा गर्दैछ । उक्त समूहमा आयोजक चाइनिज ताइपेइ, बहराइन, उब्जेकिस्तान र कम्बोडिया छन् । नेपालले आफ्नो पहिलो खेल कम्बोडियासँग आगामी सेप्टेम्बर २१ म खेल्नेछ । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईसँग सेप्टेम्बर २३ मा र उब्जेकिस्तानसँग आगामी २५ तारिखमा खेल्ने तय छ । 
दुई दिनपछि ताइपेइ सिटीमा नेपालले बहराइनविरुद्ध चुनौती प्रश्तुत गर्नेछ । समूहमा पहिलो हुने टोलीले आगामी सन् २०२५ मा चीनमा आयोजना हुने यु–२० एशियन कपमा सिधै स्थान बनाउनेछ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने