अल्जेरिया, नाइजेरिया र नाइजरले मंगलवार ट्रान्स–सहारा ग्यास पाइपलाइन अगाडि बढाउन सम्झौतामा हस्ताक्षर गरेका छन् । जुन अफ्रिकाको ग्यास भण्डारलाई युरोपेली बजारहरूसँग जोड्ने उद्देश्यले गरिएको परियोजना हो । अल्जियर्समा हस्ताक्षर समारोह टिएसजिपी सञ्चालन समितिको मन्त्रीस्तरीय बैठकपछि भएको थियो । अल्जेरियाली ऊर्जामन्त्री मोहम्मद अर्काबले ४ हजार किलोमिटर लामो पाइपलाइनलाई अफ्रिका र विश्व बीचको रणनीतिक पुलको चित्रण गर्नुभएको छ । यसले वार्षिक २० देखि ३० अर्ब घन मिटर प्राकृतिक ग्यास ढुवानी गर्नेछ र क्षेत्रीय र विश्वव्यापी ऊर्जा सुरक्षा बढाउनेछ ।
सिन्ह्वा