सुन तस्करीमा पूर्वसभामुखको नाम गलत मनशायले जोडिएको मन्त्री शर्माको दावी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनको पक्षमा दृढताकासाथ उभिएको बताउनुभएको छ ।


शुक्रवार जनकपुर पुग्नुभएकी मन्त्री शर्माले सरकार सुशासनको पक्षमा र भ्रष्टचारबिरुद्ध दृढतापूर्वक उभिएको बताउनुभएको हो । सरकारको काम कारबाहीमा जनताले साथ दिइरहेको भन्दै अझै साथ र समर्थनको अपेक्षा गरेको बताउनु भयो । उहाँले सेवा प्रवाहमा समेत विगतको भन्दा सुधारको अवस्था आएको बताउँदै मुलकमा समान्तवादको अवशेषको रुपमा रहेका मिटर ब्याजलाई समाप्त पार्न सरकारले कानून अनुसार दण्डित गर्ने ऐन नै निर्माण गरेको बताउनु भयो । शर्माले केही असन्तुष्टिहरु भएपनि त्यसलाई बिस्तारै समाधान गरेर जाने बताउनु भयो । मन्त्री शर्माले कानून बिस्तारे संसोधन गर्दै जाने भएको कारणले मिटरब्याज सम्बन्धी कानूनमा देखिएको समस्यालाई संसोधनमार्फत हल गर्ने बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘सरकार अहिले सुशासनको पक्षमा, भ्रष्टाचारका बिरुद्धमा दृढताकासाथ उभिएको छ । सेवाप्रवाहको क्षेत्रमा पनि प्रभावकारी काम चुस्त दुरुस्त हुनुपर्छ भनेर बढेको छ । सरकार जसरी अहिले अघि बढीरहेको छ, त्यसका लागि जनताको साज, समर्थन भइरहेको छ । त्यसलाई अझ बढाएर जाने र राम्रो बनाउने दिशामा छौँ । ऐन, कानून निर्माण गर्ने कुरामा, विगतका लामा समस्या, मिटरब्याज, नागरिकतासम्बन्धी समस्या लगायतका समस्याको अन्त्य गर्न हामी लागेका छाँ।’

मन्त्री शमाले सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत किसिमले आएको बताउनु भयो । उहाँले मुलुकमा देखिएको हरेक प्रकारको बेथितिलाई समाप्त गर्न सरकार दृढ रहेको बताउनु भयो । उहाँले नागरिकता समस्या समाधान गरेको भन्दै छिट्टै नागरिकता सम्बन्धी नियमावली निर्माण गर्ने बताउनु भयो ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन