fbpx

एग्रो टुरिजम सहकारीको विरौटा सदस्य सेवा केन्द्र सञ्चालनमा

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ ठुलढुङ्गाचोक,गण्डकीवेसी प्रधान कार्यालय भएको एग्रो टुरिजम सहकारी संस्था लिमिटेडले शुक्रबारदेखि विरौटा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । सेवा केन्द्रको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गर्नुभएकाे थियाे ।

कार्यक्रममा मन्त्री बुढाले आर्थिक समृद्धिका लागि उत्पादनसँग जोडिनु बर्तमानको आवश्यकता भएको बताउँदै सहकारीले कृषि र पर्यटनलाई जोड्ने लक्ष्यका साथ अघि बढाएको योजनाको सफलताको कामना गर्नुभयो । सहकारीका अध्यक्ष डिल्लीराम बरालले सहकारीले उत्पादनसँग जोडिदै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको बताउनुभयो ।

सहकारीले कृषि एम्बुलेन्स सञ्चालनको लक्ष्य लिएको बताउँदै उहाँले एक सहकारी एक उत्पादनको योजना
अनुसार उत्पादित बस्तुको बजारीकरणमा पनि जोड दिइएको बताउनुभयो । उहाँका अनुसार संस्थाको सुरुको पूँजी चार करोड १२ लाख ५० हजार रुपैयाँ रहेकोमा शेयर सदस्य संख्या ४६७ जना रहेको छ ।

सहकारीका उपाध्यक्ष टीकाराम पौडेलले आँफूहरूको यो अभियान उत्पादन र पर्यटनलाई जोड्नु भएको बताउँदै यसबाट समृद्धि हासिल हुने विश्वास लिइएको बताउनुभयो् । उहाँले संस्थाले सहकारी नमुना ग्राम निर्माणको
दीर्घकालीन लक्ष्य लिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष राधिका शाही योगी, भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद अधिकारी, अग्रसर बचत तथा ऋण सहकारी संस्थाका रजनी कोइराला , निरा पोखरेल लगायतले बोल्नुभएको थियो ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन