fbpx

राष्ट्रिय दुग्ध विकास बोर्ड खोरज हुने कुराले आत्तिनु पर्दैन : मन्त्री भुसाल

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड खोरज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । 


बिहीवार राष्ट्रिय दुग्ध विकास बोर्डले विश्व दुध दिवसको अवसरमा ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले दुग्ध विकास बोर्ड खारेज गर्ने सरकारको तयारी भएपनि बोर्डलाई पुनःसंरचना गर्ने वा बोर्ड नै कायम राखेर मन्त्रालयले काम गर्ने विषयमा छलफल गरेर टुंग्याउने बताउनु भयो । उहाँले बोर्ड खारेजको विषयमा सरोकारवाला निकायहरुबीच छलफल र सहकार्यमार्फत नै प्रक्रिया अगाडि बढाउने बताउनु भयो । उहाँले सार्वजनिक संस्थानहरुले संस्था व्यवस्थापन खर्चका लागि आफ्नै स्रोत बनाउनुपर्ने आवश्यकता भएपनि त्यस्तो नभएको कारण खारेज गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले संस्थान भएको औचित्य पुष्टि गर्न नसक्दा निर्णय गर्ने निकाय र सिफारिस गर्नेहरुले खारेज गर्न लागेको बताउनु भयो । उहाँले अहिलेको आवश्यकता बोर्ड खारेजी नै हो वा पुनःसंरचनामा जाने तथा अन्य उपाय खोज्ने विषयमा छलफल गर्न सकिने भन्दै खारेज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । उहाँले बोर्ड खारेज भएपनि कर्मचारी व्यवस्थापन गर्ने सरकारको दायित्व भएको बताउनु भयो। उहाँले सरकारको कर्मचारी व्यवस्थापन गर्ने दायित्वबाट पन्छिन नपाउने बताउनु भयो। 


उहाँले भन्नुभयो,‘सार्वजनिक संस्थानहरुले आफूलाई चाहिने खर्च व्यवस्थापनको लागि आफैँले काम गर्नुपर्छ । त्यस्तो गर्न नसके औचित्य पुष्टि हुँदैन । संस्थानको औचित्य पुष्टि गर्नेगरी नै काम अगाडि बढायौं भने हामीले संस्था बाँची रहन्छ । त्यस्तो गर्न सकिएन भने त्यसमा प्रश्न उठ्छ । निर्णय गर्ने संयन्त्रले निर्णय गर्छ त्यसमा केही गर्न सक्दैन । दुध विकास बोर्ड खारेजको विषयमा यी सबै विषयलाई बुझ्न जरुरी छ । किन आयोगले खारेजको सिफारिस गयो । खारेज गर्ने कमिटिले पनि खारेजको सिफारिस ग¥यो । अहिले आवश्यकता खारेजी नै हो वा अन्य उपाय हो अथवा पुनःसंरचनामा जाने हो । यो विषयमा छलफल गर्न सकिन्छ । खारेज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था छैन । कर्मचारी व्यवस्थापन गर्ने सरकारको दायित्व भएकाले त्यो सरकार दायित्वबाट पन्छिन पाउँदैन र हुँदैन । स्वभाविक रुपमा यो दायित्व सरकारले गर्नुपर्छ । यो समस्याको समाधान गर्ने उपाय खोजौला । हामीले समस्या सिर्जना नभएर समाधान गर्ने बाटोमा जाने हो । समस्या समाधानको विषयमा सरकार सकारात्मक नै हुन्छ । दुध मानिसहरुको खाद्य र जीवनको आधार हो ।’

उहाँले कर्मचारी व्यवस्थापन गर्ने स्वभाविक रुपमा सरकारको दायित्व भएपनि यो समस्याको समाधान गर्ने उपाय मन्त्रालय खोज्ने बताउनु भयो । उहाँले  सरकारले समस्या सिर्जना नभएर समाधान गर्ने बाटोमा जानु आवश्यक रहेको बताउनु भयो । उहाँले सरकार समस्या समाधानको विषयमा सकारात्मक रहने विश्वास रहेको बताउनु भयो । उहाँले दुध मानिसहरुको खाद्य र जीवनको आधार भएको भन्दै उत्पादन बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले दुग्धजन्य उत्पादनको क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताउनु भयो। उहाँले दुग्ध उत्पादनको क्षेत्रलाई जनताको जीवनसँग गाँस्न सक्नुपर्ने बताउनु भयो । 


काठमाडौं

बिहिबार, अशोज १७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन