सशस्त्र प्रहरी बल, कालिका गण र गण्डकी मेडिकल कलेज(GMC) बिच स्वास्थ्य सुविधामा छुट सम्बन्धी सम्झौता भएकाे छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं.24 गण हे.क्वा. कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुण कुमार शर्मा र गण्डकी मेडिकल कलेज (GMC) नयाँबजार पोखराका प्रिन्सिपल डा. रविन्द्र प्रसाद श्रेष्ठ बिच गण्डकी प्रदेशमा कार्यरत सम्पुर्ण सशस्त्र प्रहरी तथा परिवारजन, गण्डकी प्रदेश भित्र बसोबास गर्ने अवकाश प्राप्त सशस्त्र प्रहरी तथा परिवारजन र अमर सशस्त्र प्रहरीहरुका आश्रित परिवारजनहरुलाई विभिन्न स्वास्थ्य सेवाहरुमा 15 प्रतिशत देखी 100 प्रतिशत सम्म स्वास्थ्य सुविधाहरुमा छुट उपलब्ध गराउने सम्बन्धी मिति २०८०/१२/७ गते सम्झौता (MOU) भएको हाे । यो सम्झौता उल्लेखित मितिबाट नै लागू हुने भएकाे छ ।