चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर

author

समाचारपाटी

२ years अगाडि


चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.बीच सम्झौता भएको छ । 

सोमवार समिति र प्रा.लि.बीच पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्युनतम सट्टापट्टा बहाल र नियमानुसार महशलु बाँडफाँड गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो । करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले संस्थाले न्युनतम शुल्क लिएर स्तरीय सेवा दिइ वार्षिक १ सय ३० करोड भन्दा बढी आम्दानी गरिरहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा इन्टरमोडल यातायात विकास समितिको कार्यालय खारेजी गर्ने बताएपनि कार्यालय खारेजी नहुने बताउनु भयो । उहाँले संस्था अझै बलियो भएर जाने र खारेजी भएपनि कुनै समस्या नपर्ने गरी व्यवस्थापन गर्नेतर्फ आफूहरुले सोचिरहेको बताउनु भयो । उहाँले चोभार सुक्खा बन्दरगाह सञ्चालन शुरु भएको करिव २० महिनाको अवधिमा व्यापारीक प्रयोगमा वृद्धि भइरहेको बताउनु भयो । उक्त सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको लागि दिँदा प्रभावकारी सञ्चालन एवं व्यवस्थापनले नेपाल सरकारलाई प्राप्त हुने राजश्वमा तुलनात्मक रुपमा वृद्धि हुने अवस्था देखिएको बताउनु भयो । चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि बल्खु—दक्षिणकाली सडक खण्डको कीर्तिपुर स्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाउने कार्य र निजगढ–काठमाडौ द्रुतमार्गको कार्य चाँडो सम्पन्न गर्न अत्यावश्यक रहेको बताउनु भयो ।  


उहाँले भन्नुभयो, ‘यसपालिको आर्थिक वर्षको बजेटमा यो कार्यालय खारेजी हुने भन्ने जुन कुरा आएको छ । निजी क्षेत्रबाट जसले हाम्रो पार्टहरु सञ्चालन गरिरहनुभएको छ, उहाँहरुले पनि बारम्बार सोध्नुहुन्छ । हामी राज्यले दिएको कार्यभार सम्हालेर व्यवस्थापन गरेका छौँ । हिजो जस्तै आज पनि काम गरिरहेका छाँै । यो एउटा भाइब्रेण्ट अर्गनाइज हो । जति पनि व्यापार सहजीकरण छ, त्यसमा दिनुपर्ने स्तरीय सेवा दिइरहेका छौँ । भोलि पनि दिन्छौँ र हामीले न्युनतम शुल्क लिएर स्तरीय सेवा दिएर पनि हामीले वार्षिक रुपमा १ सय ३० करोड भन्दा बेसी आम्दानी गरिरहेको यो संस्था हो । निजी क्षेत्रलाई यो संस्था अझ बलियो भएर जान्छ, खारेजी हुँदैन, खारेजी भएपनि कुनै समस्या नपर्ने गरी तपाईंहरुलाई व्यवस्थापन गर्नेछौँ ।’

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बोल्दै प्रवन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौतिहरु रहेपनि त्यसलाई मध्यनजर गरी गृहकार्य शुरु गरिसकेको बताउनु भयो । उहाँले आफूहरुले दिने सेवा स्तरीय बनाउन आफूहरुको प्रयास रहने बताउनु भया । 
उहाँले भन्नुभयो, ‘यसमा च्यालेन्जेजहरु छन् । यसलाई मध्यनजर गरी केही कुराहरुमा गृहकार्य शुरु गरिसकेका छौँ । हामीले दिने सेवा स्तरीय बनाउने हाम्रो अथक प्रयास रहन्छ । यसमा केही प्राविधिक कुरालाई एड्जस्ट गर्नुपर्ने छ । यसले गर्दा हाम्रो आउने सामानहरु जुन छन्, तेस्रो देशबाट आउने समस्यालाई सम्बन्धित निकायले सम्बोधन गर्नसके यहाँ आएर जाँच पास हुने अवस्था रहन्छ ।’ 

समितिले गत साउन ९ गते टेण्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनको लागि अनुमति दिएको हो ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद प्रकाश ज्वाला

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन