पर्सामा प्रिन्टिङ्ग तथा प्याकेजिङ उद्योगमा आगलागी,१३ करोड क्षति भएकाे अनुमान

author

समाचारपाटी

२ years अगाडि

वीरगञ्ज । पर्साको बिन्दवासिनीस्थित एक प्रिन्टिङ्ग तथा प्याकेजिङ उद्योगमा आगलागी भएको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ गर्दौल गाउँमा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको एस बाबा प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग इन्डष्ट्रिजमा आगलागी भएको हो ।

मंगलबार राति सवा ११ बजेतिर उद्योगमा आगो लागेको थियो । आगलागीको खबर पाएलगत्तै प्रहरीको टोली पुगेको थियो । ७ घण्टा लगातार प्रयास गरेपछि बुधबार बिहान ६ बजे मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीका अनुसार बिहान ६ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन पर्सा, बाराका ११ वटा वारुणयन्त्र प्रयोग गरिएको थियो ।

पर्साको वीरगञ्ज महानगरपालिकाका २ वटा, पोखरिया नगरपालिका, विपद व्यवस्थापन गुल्म र सखुवाप्रसौनी नगरपालिकाबाट आएका वारुण यन्त्रले आगो निभाउन नसकेपछि बाराको कलैया, जीतपुरसिमरा उपमहानगरपालिका र देवताल गाउँपालिकाबाट समेत वारुणयन्त्र झिकाइएको थियो । वारुण यन्त्रसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा खटिएका थिए ।

आगलागीबाट उद्योगमा रहेको मेसिन, कच्चा सामग्री र तयारी माल जलेर पूर्ण रुपले नष्ट भएको सञ्चालक चौरसियाले जानकारी दिनुभयाे । चौरसियाका अनुसार आगलागीबाट उद्योगमा रहेका कार्टुन बनाउने, प्रिन्टिङ्ग गर्ने, प्लेट बनाउने, पार्टिसन गर्ने, प्याकेटमा जाली लगाउने लगायतका मेसिनरी पूर्णरुपले जलेर नष्ट हुनुका साथै फ्याक्ट्रीको भवनमा समेत क्षति पुगेको छ ।

‘स्टाफले साढे ११ बजेतिर फोन गरेर हामीलाई आगलागीको बारेमा जानकारी गराएका थिए,’ चौरसियाले भन्नुभयाे ‘वीरगञ्जबाट उद्योग पुग्दा आगो नियन्त्रण बाहिर गइसकेको थियो । उद्योग पूरै ध्वस्त भइसकेको छ ।’ उहाँका अनुसार आगलागीबाट झण्डै १३ करोडको क्षति भएको अनुमान गरिएको छ ।

वि.सं. २०५४ सालदेखि वीरगञ्जको छपकैयामा उद्योग सञ्चालन गर्दै आएका चौरसियाले ५ वर्षअघि मात्रै गर्दौलको १० कठ्ठा जमिनमा उद्योग विस्तार गर्नुभएकाे थियाे ।

विद्युत सर्ट भई आगो लागेको हुनसक्ने अनुमान छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले कसरी आगलागी भएको हो र कति क्षति भयो भन्नेबारेमा अनुसन्धान भैरहेको जानकारी दिनुभयाे ।

source:-onlinekhabar


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’