fbpx

‘संसद आफैँमा सार्वभौम सत्ता सम्पन्न हो ,अहिले विचारको रिक्तता,शुन्यता छ’:-अग्निप्रसाद सापकोटा

author

समाचारपाटी

१२ महिना अगाडि


पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको ओझ र गरिमा घटेको बताउनुभएको छ । मंगलवार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संघीय संसदको ओझ र गरिमा घटेको बताउनुभएको हो । उहाँले संसदमा चयन हुने शब्द र वाक्यहरु संसदको ओझ र गरिमा अनुसार हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताउनु भयो । उहाँले संसदमा बोलेको कुराहरुको अदालतमा मुद्दा समेत नलाग्ने विशेषाधिकार भएपनि संसदको त्यो प्रकारको गाम्भियर्ता कायम हुन नसकेको बताउनु भयो । उहाँले सुशासनको शक्तिशाली सन्देश संसदबाटै प्रवाह हुनुपर्ने बताउनु भयो । उहाँले संसदको गरिमा कायम नहुनुमा आफूले संसदको नेतृत्व र सांसदहरुलाई भने दोष नदिने स्पष्ट पार्नुभयो । उहाँले विचारको रिक्तता र शुन्यताका कारण संसदको लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न नसकिएको बताउनु भयो । विचारको शुन्यताको कारण संसदको मात्र नभइ पार्टीहरु र सिंगो राष्ट्रकै लोकतन्त्रिक अभ्यास कमजोर भएको उहाँको भनाई छ । 

उहाँले भन्नुभयो – ‘अहिले विचारको शुन्यता छ । विचारको रिक्तता छ । त्यसै भएर जताजतै अराजकता छ । संसदको दिन प्रतिदिन, क्षण प्रतिक्षण स्तर घटिरहेको छ । हरेका कोर्षमा स्तर घटिरहेको छ त्यो संसदको । संसद त हाम्रो धमनी हो नि । हाम्रो आत्मा हो नि । सुशासनको शक्तिशाली सन्देश त्यहीँबाट प्रवाह हुनुपर्ने हो नि । संसद आफैँमा सार्वभौम सत्ता सम्पन्न हो । संघीय संसद कति माथि छ । त्यहाँ त्यही ओझ र गरिमा कायम छ ? छैन । त्यहाँ चयन गर्ने शब्द, त्यहाँका वाक्य गठनहरु, त्यहाँको स्तर, त्यहाँको ओझ, गरिमा, त्यहाँ बोल्ने कुरा संसारको कुनै अदालतमा मुद्दा लाग्दैन । भनेपछि त्यो विशेषाधिकारले स्वतः के माग गर्छ भने त्यही स्तरको गाम्भियर्ता, त्यही स्तरको ओझ, गरिमा कायम हुनुपर्ने । तर त्यो भइराखेको छैन । म संसदको खास–खास नेतृत्व र त्यहाँका सांसदहरुलाई मात्रै दोष दिन्न । किन त्यस्तो भइरहेको छ भने, मेरो निष्कर्ष के छ भने विचारको विकास भएको छैन । विचारको रिक्तता छ । विचारको शुन्यता छ । विचारको विकास नभइकन लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न सक्दैनौँ । पार्टी–पार्टीमा पनि लोकतन्त्र असाध्यै कमजोर छ । पार्टी, संसदमा लोकतन्त्र कमजोर हुनका पछाडी पनि, सिंगो राष्ट्रमा लोकतन्त्र कमजोर हुनका पछाडी पनि विचारको शुन्यता हो ।’

पूर्वसभामुख सापकोटाले संविधानका तीन आधारस्तम्भहरु संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई भत्काउने साजिस भइरहेको बताउनु भयो । उहाँले त्यसप्रकारको साजिसका बिरुद्धमा अभियान छेड्नुपर्ने बताउनु भयो । उहाँले देशमा जनताले दर्शन, विचार र सिद्धान्त चाहेका छैनन् भन्ने गलत भाष्य सिर्जना गरेर लोकप्रियतावाद र अराजकतावादतिर लान खोजिएको बताउनु भयो । उहाँले गणतन्त्रको नेतृत्वको विरुद्धमा अफवाह फैलाइएको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘अहिले यो संविधानका विरुद्धमा, यो तीनवटा आधारस्तम्भ गणतन्त्र, संघीयता, धर्म निरपेक्षता । यि तीनवटा पिल्लरहरु भत्काउने एउटा ठूलो साजिस भइरहेको छ । त्यसकारण हामीले यसका बिरुद्धमा सचेत ढंगले अभियान छेड्नै पर्छ । आज यस्तो भाष्य निर्माण गर्न खोजिएको छ कि जनताले दर्शन चाहेका छैनन् । जनताले विचार चाहेका छैनन् । जनताले सिद्धान्त चाहेका छैनन् । भनेर प्रियतावाद यति धेरै फैलाइएको छ । एकातिर प्रियतावाद छ । अर्कातिर अराजकतावाद छ । यो प्रियतावाद र अराजकतावादलाई छ तर सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा यो अभिशाप पनि हुनसक्छ । सामाजिक सञ्जाल वरदान पनि हो । अहिले एउटा सडकको नागरिकले राष्ट्रपति, प्रधानमन्त्रीसम्मको आलोचना गर्नसक्छ यो सामान्य कुरा होइन । यो गणतन्त्रले नै दिएको सबभन्दा ठूलो वरदान हो । तर अभिशाप कहाँनिर छ भने अहिले छिनभरमा नकारात्मक कुराहरु गणतन्त्रको नेतृत्वको बिरुद्ध कहाँ के पाइन्छ भनेर यतिधेरै अफवाह फैलाइएको छ । यसलाई क्रस गर्नका लागि हामीले यस्तो जनमत बनाउनुपर्नेछ ।’

उहाँले वर्तमान परिवर्तनहरु र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर