काठमाडौं । यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफल पछिआन्दोलन स्थगित भएको हो । अब सार्वजनिक सवारी साधन निर्बाध रूपमा चल्नेछन् ।
यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए ।