विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका २ मा प्लाष्टिकको बोरामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको छ ।
विराटनगर महानगरपालिका १९ की सुनारको शव नरसिंह चौधरीको गोठमा फेला परेको प्रहरीले जनाएको छ ।
प्लाष्टिकको बोराभित्र पोको पारेरको अवस्थामा उहाँको शव फेला परेको हो ।
शरीरमा चोट लागेकाले हत्या गरेर बोरामा पोको पारेर फ्यालेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको प्रहरीले घटनामा संलग्न भएको शंकामा २ जनालाई पक्राउ गरेको छ ।