अफ्रिकन युनियन (एयु) र महाद्वीपका अन्य क्षेत्रीय निकायहरुले शुक्रवार शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा जिम्बाबेको प्रशंसा गरेका छन् ।
यस हप्ताको आम निर्वाचनपछि एयु, पूर्वी र दक्षिण अफ काका लागि साझा बजाउर (कोमेसा) र दक्षिण अप्रिmकी विकास समुदाय (एसएडिसी) का पर्यवेक्षकहरुले शान्तिपूर्ण निर्वाचन गर्न सफल भएकोमा प्रशंसा गरेका हुन् । जिम्बाबेका जनताले बुधवार र बिहीवार राष्ट्रपति, संसदका नयाँ सदस्य र स्थानीय सरकारका प्रतिनिधि चुन्न मतदान गरेका थिए । देशका हरारे र बुलावायोमा केही कारणले बिहीवार मतदान गरिएको थियो ।
त्यस्तै राष्ट्रमण्डल पर्यवेक्षक समूहकी अध्यक्ष अमिना मोहम्मदले चुनावको दिन शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकोमा प्रंशसा गर्नुभयो । निर्वाचनमा महिला र युवाहरु बढी देखिएको बताउनु भयो ।
उहाँले युवा र महिला बढी देखिनुले जिम्बाबेवासी आफ्नो आवाज स्वतन्त्र गर्न र देशमा चलिरहेको लोकतन्त्रमा योगदान गर्न इच्छुक रहेको प्रमाण भएको बताउनु भयो ।
सिन्ह्वा