अफ्रिकी युनियन (एयु) आयोगका अध्यक्ष मोसा फकी महामतले बुधवार इजरायल–प्यालेस्टाइन द्वन्द्वको राजनीतिक समाधान खोज्न आह्वान गर्नुभएको छ । इथियोपियाको राजधानी अदिस अबाबामा बुधवार शुरु भएको एयुको कार्यकारी परिषद्को ४४ औँ साधारण सत्रलाई सम्बोधन गर्दै पान–अफ्रिकी ब्लकका अध्यक्षले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले दुई राज्यहरूको सिद्धान्तमा आधारित राजनीतिक समाधानको लागि दृढ प्रतिवद्धता आवश्यक रहेको बताउनु भयो ।
एयू कार्यकारी परिषद्को बैठक,मा एयु सदस्यहरूका विदेश मामिला मन्त्रीहरू समावेश छन् । बैठक आजसम्म चल्नेछ ।
सिन्ह्वा