पाकिस्तानले अफगानिस्तानमा अचानक आएको बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । अफगानिस्तानका धेरै प्रान्तहरूमा भारी वर्षा र अचानक बाढीका कारण भएको जनधनको दुःखद् क्षति भएको छ । घटनाप्रति पाकिस्तानको सरकार र जनताले समवेदना व्यक्त गरेको हो । कठिन समयमा पाकिस्तान अफगानिस्तानका जनतासँग ऐक्यवद्धतामा उभिएको पाकिस्तानले जनाएको छ । अफगानिस्तानको बागलान, तखार, बदख्शान र घोर प्रान्तका प्रमुख भागहरूमा वर्षा र अचानक आएको बाढीका कारण ३३० भन्दा बढीको मृत्यु भएको विश्व खाद्य कार्यक्रमको अफगानिस्तान कार्यालय र स्थानीय अफगान अधिकारीहरूले जनाएका छन् ।
सिन्ह्वा