बिस्फोट नभएका अमेरिकी हतियारले अझै लिँदैछ अफगानी नागरिकको ज्यान

author

समाचारपाटी

२ years अगाडि

५४ वर्षीय खुदाइ रहीम अफगानिस्तानको फराह प्रान्तको फराह रोड जिल्लास्थित रिग्रेशन गाउँका बासिन्दा हुन् । उनले सन् २०२१ मा अनएक्सप्लोडेड अर्डनन्स (युएक्सओ) को बिस्फोटमा दुई छोराहरु गुमाएका थिए । साथै उनको अर्को छोरा २०२२ मा भएको माइन बिस्फोटमा गम्भीर घाईते भए । उनका तेस्रो छाराले सन् २०२२ मा खेलौना सोचेर बिस्फोटक पदार्थसँग खेलिरहेका थिए । सो क्रममा उनी बिस्फोटमा परी घाइते भए । उनको पेटमा गहिरो चोट छ । 

अमेरिकी नेतृत्व गर्ने सैनिक टोलीमा रहेका अन्तिम व्यक्तिले २० वर्ष सैन्य कब्जापछि अगस्ट २०२१ को अन्तिममा अफगानिस्तान छोडेका थिए । तर अमेरिकी सेनाबाट बाँकी रहेको युएक्सओ ले वर्षौंदेखि आफगानी जनताको ज्यान लिइरहेको छ ।रहिमका अनुसार उनले छोराको उपचारका लागि ३ लाख ७५ हजार अफगानी रकम (४५ सय अमेरिकी डलर) खर्च गरेका थिए । अमेरिकी सेनाले ४ वर्षअघि रिग्रेसन गाउँमा बमबारी गरेको थियो । 

रिग्रेसन गाउँका १७ वर्षीय समिउल्लाह अमेरिकी सेनाले छोडेको युएक्सओले अफगानिस्तानको जीवनलाई खतरामा पार्ने भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ । आफ्नो भाइ १५ वर्षको भएको बेलामा डेढ महिनाअघि भएको बिस्फोटमा परी मारिएको बतउनु भयो । अमेरिकीहरुले छोडेको बमले बालबालिका र युवाहरुको ज्यान लिइरहेको उहाँ बताउनु हुन्छ । 

त्यस्तै डर छ, पीडित ३३ वर्षीय मोम्मद इब्राहिमलाई । युएक्सओका पीडित उहाँ बमले आफूलाई सधैँका लागि शारीरिक अशक्त बनाएको बताउनु हुन्छ । करिव पाँच वर्ष पहिला भएको बम बिस्फोटमा आफ्नो हात गुमाउनु परेको बताउनु भयो । 

उहाँले अहिलेसम्म कुनैपनि क्षतिपूर्ति पाउनुभएको छैन । ब्राउन युनिभर्सिटी अन्तर्गतको कस्ट्स अफ वार परियोजनाको रिपोर्टअनुसार अफगानिस्तानको भूमि बिस्फोट नगरिएका हतियारयुक्त छ । जसले दशौं हजार अफगानी बालबालिकाहरु, युवाहरु मारिएका र घाइते अवस्थामा छन् । रेड क्रसको अन्तर्राष्ट्रिय समितिले सन् २०२२ को जनवरीदेखि जुन २०२३ सम्म अफगानिस्तानमा बारुदी सुरुङ र बिस्फोटक पदार्थका अवशेषहरु समावेश भएका ५४१ घटनामा ६४० बालबालिको मृत्यु भएको र धेरै जना घाइते भएको जनाएको छ । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन