अफगानिस्तानका ३४ प्रान्तमध्ये ११ वटा प्रान्तमा तीन दिने साइट–टु–साइट पोलियो विरुद्धको अभियान शुरु भएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखाइलले नोभेम्बर २५ देखि २७ सम्मको अभियानमा पाँच वर्षमुनिका ५३ लाख बालबालिकालाई खोपको खुराक दिने अपेक्षा गरिएको बताउनु भयो । एक महिनाअघि अक्टोबर २८ मा पनि १६ प्रान्तमा अपाङ्गता फैलाउने भाइरस उन्मूलन अभियान सञ्चालन गरिएको थियो । जसमा पाँच वर्षमुनिका ७५ लाखभन्दा बढी बालबालिकालाई पोलियो खोप लगाइएको थियो । अमरखिलले पोलियो अभियानलाई उचित रूपमा कार्यान्वयन गर्न आदिवासी जनजाति, धर्मविद्, अभिभावक र पोलियोकर्मीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । मन्त्रालयकाअनुसार सन् २०२४ मा अफगानिस्तानमा कुनैपनि पोलियोको पुष्टि भएको छैन ।
सिन्ह्वा