fbpx

‘विज्ञापन बजारमा जुन खालको अलमल छ, जसको कारणले गर्दा विज्ञापन बजार घटिरहेको छ’:-लक्ष्मण हुमागाईं

author

समाचारपाटी

१ year अगाडि

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सामाजिक सञ्जालमा विज्ञापन गरेर नेपालको पैसा विदेश जाने अवस्था नरहेको बताउनुभएको छ । 

बिहीवार विज्ञापन बोर्डले आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापन नियमन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईंले अहिले सामाजिक सञ्जालमा विज्ञापन गरेर नेपालको पैसा विदेश जाने अवस्था नरहेको बताउनुभएको हो । उहाँले विज्ञापन गरेको पैसा राष्ट्र बैंकले पठाउने अवस्था नदेखिएको उहाँले बताउनु भयो । उहाँले विधि, विधान नबनुन्जेल विज्ञापन बोर्डले पनि सिफारिस गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले विज्ञापन बोर्डमा विदेशी मुद्रा सटहीको लागि भनेर आएका निवेदनहरु रोकेर राखिएको बताउनु भयो । उहाँले सरकारलाई २८ प्रतिशत कर तिरेर बसेकाहरुलाई पनि बोर्डले सिफारिस नगरेको बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘विज्ञापन बजारमा जुन खालको अलमल छ, जसको कारणले गर्दा विज्ञापन बजार घटिरहेको छ । टिआरपी नपाउने र टिआरपी प्राप्त नहुँदाखेरी सामाजिक सञ्जालतर्फ आकर्षित हुने एउटा ठूलो समस्याको रुपमा हामीले पाएका छौँ । जस्तोः विज्ञापनदाताले मेरो भिजिबिलिटी कति भयो त्यसैलाई हेर्ने हो, त्यसकै आधारमा म प्रतिको रेस्पोन्स कस्तो आयो भनेर हेर्ने हो । जुन कुरो आजसम्म पनि नेपालमा हामीले दिन सकेका छैनौँ । विज्ञापन बोर्ड गठन भएको ३ वर्ष मात्रै भयो । नयाँ नियमावलीले त्यो सम्मको इन्भिजन गरिसकेको छ । नियमावलीको बारेमा एकखालको कन्फ्युजन अथवा असहमती, विमति हुनु अस्वभाविक होइन । एउटा पक्षको असहमति होला । एउटा पक्षको सहमति होला । सबै कुरालाई रिझाएर जान त सकिँदैन तर एउटै कुरा हामी के कुरामा निश्चित छौँ भने आ–आफ्नो स्थानमा बसेर फेयर प्ले को वातावरण हुन दिनुपर्छ । त्यसमा कसैले अवरोध ग¥यो भने त्यो अवरोधलाई पन्छाउने, हटाउने र त्यसलाई ठेगानमा ल्याउने काम नियामक निकाय हो गर्नुपर्छ हामीले । गर्छौं । त्यो कुरालाई हामीले अगाडी बढाएका छौँ । विज्ञापन बोर्डमा विदेशी मुद्रा सटहीको लागि भनेर आएका निवेदनहरु हामीले अहिले होल्ड गरेका छौँ । कतिपय साथीहरुले ट्याक्स तिरेर बसिरहनु भएको छ । २८ प्रतिशत ट्याक्स लाग्छ यसमा । त्यो ट्याक्स बुझाएर पनि हामीले सिफारिस नगरेको अवस्था विद्यमान छ । अहिले सामाजिक सञ्जालमा विज्ञापन गरेर यहाँहरुको पैसा विदेश जाने अवस्था करिव–करिव छैन । हुनत राष्ट्रबैंकले गरिदियो भने अलग कुरा हो । तर अहिले हामीले राष्ट्रबैंक सँग कुरा गर्दाखेरी अहिले तत्काल राष्ट्रबैंकले पठाउने अवस्था देख्दैनौँ हामी । त्यसकारण त्यतिधेरै इन्करेज हुने अवस्था चाहीँ अहिलेलाई छैन नेपालमा । विधि, विधान नबनुन्जेल विज्ञापन बोर्ड सिफारिस गर्न सक्षम छैन ।’

अध्यक्ष हुमागाईंले विज्ञापन बजारमा आएको अलमलका कारण विज्ञापन बजार घटिरहेको बताउनु भयो । विज्ञापनले टिआरपी नपाउँदा सामाजिक सञ्जालतर्फ आकर्षित भइरहेका उहाँले उल्लेख गर्नुभयो ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन