स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वयले क्याम्पस÷कलेज निर्वाचन समितिलाई थप निर्देशन जारी गरेको हो ।

चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । रेक्टरको अध्यक्षतामा रहेको समितिले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशन जारी गरेको हो ।

त्यसका लागि क्याम्पस कलेजले आवश्यकता अनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सक्ने र आवश्यकताका आधारमा अन्य समिति समेत गठन गर्न सक्ने जनाएको छ ।

संघ÷सङ्गठन÷समूह दर्ता फारम एजेन्ट सङ्ख्या उम्मेदवारी फिर्ता फारम, मुचुल्का ढाँचा लगायत आवश्यक फारमहरू क्याम्पस÷कलेजको निर्वाचन समितिले तयार गर्नुपर्नेछ ।

समितिले स्नातक तह वार्षिक प्रणाली अन्तर्गत प्रथम वर्ष र सेमेष्टरमा माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गर्नुपर्ने जनाएको छ ।

क्याम्पस कलेजमा सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तह प्रथम सेमेस्टरमा माघ मसान्तसम्म भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गर्न भनेको छ ।
डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले २०८१ फागुन १ गतेदेखि चैत्र ४ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरी त्यस बिचमा परीक्षा दिएका वा दिइरहेका विद्यार्थीहरू सोही वर्ष र सेमेष्टरका मतदाताको रूपमा रहने तथा मतदान गर्ने समयमा सोही वर्ष र सेमेष्टरको क्याम्पस परिचयपत्र वा प्रवेश पत्रको आधारमा मतदानको व्यवस्था गर्न सकिने जनाएको छ । उक्त अवधिमा परीक्षा दिएका विद्यार्थीहरूलाई माथिल्लो कक्षामा तत्कालै भर्ना हुनुपर्ने बाध्यकारी अवस्था नरहेन समेत प्रस्ट पारेको छ ।

स्ववियु निर्वाचनको दिन क्याम्पस तथा कलेज हाताभित्र स्वयं सेवकको व्यवस्थालाई पूर्ण रूपमा निषेध गरिएको समेत जनाएको छ ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन