‘हामी अहिले कुन बाटोमा हिँडिरहेका छौँ, यही बाटोमा हिँड्ने हो भने हाम्रो गन्तव्य के हुन्छ’:-मनिषा कोईराला

author

समाचारपाटी

१ year अगाडि

अभिनेत्री मनिषा कोईरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने बताउनु भयो । उहाँले अहिलेकै बाटोा देश अघि बढाउने हो भने गन्तव्य स्पष्ट नहुने बताउनु भयो । उहाँले वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रुपमा परिणत भइरहेको बताउनु भयो । उहाँले नेपाल भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको बताउनु भयो । उहाँले रोमको आर्किटेक्चर भन्दा नेवारी र नेपाली आर्किटेक्चर धेरै राम्रो रहेको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामी अहिले कुन बाटोमा हिँडिरहेका छौँ । यही बाटोमा हिँड्ने हो भने हाम्रो गन्तव्य के हुन्छ ? कस्तो थियो हाम्रो नेपाल ? भन्नुस् त । वीर नेपाली भनेर चिनिन्थ्यो । भूगोल, नेचर, सांस्कृतिक सम्पदा, हिमाल, पहाड, तराई, नदी खोला कति राम्रो छ । हाम्रो सांस्कृतिक कल्चर, हेरिटेज हेर्नुस् त । मान्छेहरु भन्छन्, रोमको आर्किटेक्चर राम्रो छ । म त अहँ । नेवारी आर्किटेक सबैभन्दा राम्रो छ, दुनियाँभरमा । नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।’

अभिनेत्री कोईरालाले आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिरहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन