fbpx

नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छः हरिवंश आचार्य

author

समाचारपाटी

७ महिना अगाडि

अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताउनुभएको छ । शनिवार चलचित्र महाजात्रा प्रदर्शनको ५१ औं दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र महाजात्रा दुई÷तीन वटा हलमा सय दिनसम्म पनि चल्नसक्ने अनुमान गर्नुभयो । उहाँले अहिले ५१ औं दिनसम्म पनि देशभरका १३ वटा सिनेमा हलमा चलचित्र प्रदर्शन भइरहेको बताउनु भयो । उहाँले नेपाली चलचित्रको प्रतिष्पर्धा स्वदेशीसँग नभइ विदेशी चलचित्रसँग हुनुपर्ने र अर्बौं खर्चिएर बनाएका चलचित्रलाई करोड खर्च गरेर बनाएका नेपाली चलचित्रले जित्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘दुई तीन वटा हलमा त सय दिन पुग्छ होला पक्कै पनि । अहिले १३ वटा हलमा चलिरहेको छ । बिस्तारै घट्दै घट्दै आउँछ । हामीले पतिष्पर्धा गर्ने अब विदेशी फिल्मसँग हो । विदेशी फिल्मसँग नेपाली फिल्मले प्रतिष्पर्धा गर्नुपर्छ । उनीहरुले धेरै पैसा अर्बौं अर्ब खर्च गरेर बनाएका चलचित्रलाई हामीले करोड खर्च गरेर बनाएको चलचित्रले जित्नुपर्छ । हाम्रो मुख्य प्रतिष्पर्धा विदेशी चलचित्रसँग हो । स्वदेशी चलचित्रसँग हामी प्रतिष्पर्धा गर्नु हुँदैन । नेपाली चलचित्रको टिमले विदेशी चलचित्रको टिमलाई जित्नुपर्छ । दर्शकले जे पस्किएर दिएपनि खानुहुन्छ भन्ने सोच्नु हुँदैन । आफूले पनि मिठो चिज पकाएर पस्किनुपर्छ । दर्शकलाई राम्रो चिज चढाउन सक्नुपर्छ ।’


अभिनेता आचार्यले दर्शकले जे पस्किएर दिएपनि खानुहुन्छ भन्ने सोचेर चलचित्र निर्माण गर्न नहुने बताउनु भयो । उहाँले चलचित्र निर्माताले मिठो पकाएर पस्किएमात्रै दर्शकले रुचाउने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक