‘क्रिकेटको बिस्तार र सबलीकरणमा उच्च प्राथमिकता दिन्छौँ’:- कार्यवाहक प्रधानमन्त्री खड्का

author

समाचारपाटी

२ years अगाडि

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ठ लगानीको वातावरण बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभएको छ । 

शुक्रवार काठमाडौंमा शुरु भएको नेपाल क्रिकेट संघको केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितताहरु हुँदाहुँदै पनि नेपाली क्रिकेटको प्रश्तुती गौरवयोग्य रहेको बताउनु भयो । उहाँले चुनौतिहरुका बाबजुद क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी गरेर यसका नियमाक निकायमा अवाञ्छित हस्तक्षेप रोक्नुमात्र अब पर्याप्त नहुने भन्दै क्रिकेटमा लगानी बढाउने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो । उपप्रधान एवं रक्षामन्त्री खड्काले खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित, एवं व्यवसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अघि बढ्नु आजको आवश्यकता भएको बताउनु भयो । उहाँले नेपाली टिमको औषत आयु हेर्दा विश्वका जवान टिममध्ये एक भएको भन्दै थुप्रै क्रिकेटप्रेमी युवाहरु सुनौलो अवसरको आशामा क्रिकेटमार्फत आफ्नो खेल सक्षमता र कुशलता प्रदर्शन गर्न आतुर रहेको बताउनु भयो । उहाँले क्रिकेटको बिस्तार र सबलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अघि बढाउने प्रतिवद्धता जनाउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीसँग थुप्रै सिमितताहरु हुँदाहुँदै पनि नेपाली क्रिकेटको यो किसिमको खेलको कुशलता, वास्तवमा नै गौरवयोग्य विषय हो । विशेष गरी हाम्रा खेलाडीहरु प्रशंसाका पात्र हुनुहुन्छ । तमाम चुनौतिहरुका बाबजुद क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी गरेर यसका नियमाक निकायमा अवाञ्छित हस्तक्षेप रोक्नुमात्र पर्याप्त हुँदैन, त्यसका साथै क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ठ लगानीको वातावरणसमेत हामीले बनाउनु छ । खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित, एवं व्यवसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अघि बढ्नु आजको आवश्यकता हो । नेपाली टिमको औषत आयु हेर्दा विश्वका जवान टिममध्ये एक हो । हाम्रो मुलुक यतिबेला जनसांख्यिक लाभांशमा छ । नेपाल युवाहरुको बाहुल्य भएको देश हो । थुप्रै क्रिकेटप्रेमी युवाहरु सुनौलो अवसरको आशामा क्रिकेटमार्फत आफ्नो खेल सक्षमता र कुशलता प्रदर्शन गर्न आतुर हुनुहुन्छ । नेपालको क्रिकेटको बिस्तार र सबलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अघि बढाउने विषयमा नेपाल सरकारको तर्फबाट प्रतिवद्धता जनाउँछु ।’ 

कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल सरकार र संवद्ध सबै संघसंस्था र खेलाडीहरु स्वयंले पनि नेपालको महिला क्रिकेट टिमलाई सशक्त र मजबुत तुल्याउन दीर्घकालीन योजना बनाइ उच्च तदारुकताका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले कीर्तिपुर खेल मैदानमा भौतिक विकास गर्नका लागि २८ करोडको बहुवर्षीय ठेक्का अगाडि बढेको बताउनु भयो ।  


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

१८.८९°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने