‘कानूनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै कठिनाइ छ’

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । सभामुख देवराज घिमिरेले कानूनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताउनुभएको छ ।

मंगलवार ११३ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आज ठूलो संख्यामा महिला प्रतिनिधिहरु नियम कानून बनाउने तहसम्म प्रतिनिधित्व गरिरहेको भएपनि अझैपनि मुख्य पदमा महिला र पुरुषलाई कानूनी व्यवस्थाअनुसार कार्यान्वयन हुन भने कठिनाइ देखिएको बताउनु भयो । सभामुख घिमिरेले अझै आवश्यक मात्रामा मुख्य पदहरुमा ३३ प्रतिशतको महिलाको संख्या र गुण पुर्याउन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुन किसिमको महिलाको नेतृत्वमा महिला समानताको लागि न्युनतम पनि मताधिकारको कुरा प्राप्त गर्ने काम भयो । मताधिकारबाट अघि बढ्ने कुरामा नेपालमा महिलाले राजनीतिक उपलब्धि हासिल गर्नुभएको छ । त्यसमा पनि सामुदायिक वनमा रहेर तपाईहरुबाटै बनेको विधिविधान वा ऐनले ५० प्रतिशत मुख्य पदहरुमा पनि एक जना महिला हुनैपर्ने गरी बनाएको कुराको अनुभवलाई राष्ट्रले स्वीकार गर्नुपर्ने परिस्थिति आयो । अहिलेको हाम्रो व्यवहारमा हामी मुख्य पदमा महिला र पुरुषलाई कानूनी व्यवस्था नै गरेर मात्रै प्रयोग गर्दा त्यसलाई ठिक ढंगबाट प्रयोग गर्ने व्यवहारिक कठिनाइ दखापरेका छन् ।

३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाको कारणले गर्दा आज ठूलो संख्यामा महिला प्रतिनिधिहरु नियम कानून बनाउने तहसम्म प्रतिनिधित्व गर्नुभएको छ । तथापि अझै आवश्यक मात्रामा ३३ प्रतिशतको संख्या र गुण पुर्याउन नसकेको परिस्थितिलाई उदाहणरुको रुपमा फेकोफनले काम गरिरहेको छ ।’

सभामुख घिमिरेले आर्थिक उन्नतिको लागि प्राकृतिक श्रोत, त्यसमा पनि वनको दिगो व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले प्राकृतिक श्रोतलाई संरक्षण र संवद्र्धन गर्दै समाज उपयोगी ढंगबाट आर्थिक उपार्जनको क्षेत्रमा कसरी सदुपयोग गर्ने भन्नेकुरालाई विशेष जोड दिन आग्रह गर्नुभयो । उहाँले वनलाई समाप्त गर्ने खालका घटनाहरु विभिन्न स्थानमा भइरहेको उल्लेख गर्दै वनको संरक्षणसँग बाझिएका ऐनहरु, ऐनको अभावमा नभएका पक्षहरु, ऐन बनाउनुपर्ने कारण र ऐनले भनेका कुरा व्यवहारमा कसरी लागू गर्ने भन्ने बारेमा सोच्न जरुरी रहेको बताउनु भयो । सभामुख घिमिरेले वातावरणमा आइरहेको प्रतिकुल परिवर्तनलाई कसरी न्युनिकरण गर्नसकिन्छ भन्ने बारेमा पनि सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब हाम्रो आर्थिक उन्नतिको लागि प्राकृतिक श्रोत, त्यसमा पनि वनको दिगो व्यवस्थापन कसरी गर्ने र यो श्रोतलाई संरक्षण र संवद्र्धन गर्दै समाज उपयोगी ढंगबाट आर्थिक उपार्जनको क्षेत्रमा कसरी सदुपयोग गर्ने भन्ने राम्रो उदाहरण नेपालले प्रश्तुत गरेको छ । वनलाई समाप्त गर्ने खालका घटनाहरु विभिन्न स्थानमा भएका छन् । वनको संरक्षणसँग बाझिएका ऐनहरु, ऐनको अभावमा नभएका पक्षहरु, ऐन बनाउनुपर्ने कारण र ऐनले भनेका कुरा व्यवहारमा कसरी लागू गर्ने भन्ने बारेमा सोच्नुपर्छ । वातावरणमा आइरहेको प्रतिकुल परिवर्तनलाई कसरी न्युनिकरण गर्नसकिन्छ रु, नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा सोच्न जरुरी छ ।’

त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले क्रमिक रुपमा हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै गएपनि पर्याप्त हुन नसकेको बताउनु भयो । उहाँले आर्थिक रुपमा अझै पनि महिलालाई सशक्त बनाउन नसकिएको भन्दै महिलाहरुलाई सुरक्षित बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक हिसावले हामीले परिवर्तन ल्यायौँ । अहिले पनि स्थानीय सरकारमा महिला नेतृत्वको कुरा गर्दा हामी भन्छौँ घमण्ड गरेको होइन, सामुदायिक वनको सिकाइ राजनीतिक दल र सरकार निर्माणको क्रममा, संविधान निर्माणको क्रममा गरेको व्यवस्था हो । आज प्रमुख र उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था संविधानमा व्यवस्था भएर आएको हो । प्रदेश र प्रतिनिधि सभामा पनि ३३ प्रतिशत महिला छन् , क्रमिक रुपमा परिवर्तन छ, तर भनेको र चाहेको जस्तो भएको छैन, आर्थिक रुपमा अझै पनि महिलालाई सशक्त बनाउन सकिएको छैन ।

महिलाहरु अहिले पनि सुरक्षित हुनु हुँदैन । कार्यस्थल वा अन्य कुनैपनि ठाउँमा जाँदा महिलाले आफूलाई सुरक्षित महशुस गर्न सकेका छैनन् । जबसम्म प्राकृतिक श्रोत जोगाउने स्थानीय जनताको प्रमुख भुमिका हुँदैन, उनीहरु प्राकृतिक श्रोतका मालिक हुन् भनेर जबसम्म स्वीकार्न सकिँदैन, तबसम्म प्राकृतिक श्रोतको संरक्षण हुँदैन ।’

उहाँले प्राकृतिक श्रोत जोगाउने स्थानीय जनताको प्रमुख भुमिका नहुन्जेल र स्थानीयलाई प्राकृतिक श्रोतका मालिकका रुपमा अस्वीकार गरुन्जेलसम्म प्राकृतिक श्रोतको संरक्षण नहुने जिकिर गर्नुभयो । मंगलवार ११३ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघमा रहेर विभिन्न कालखण्डमा काम गर्नुभएका र प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सवारी अनुमति पत्र अब ३ दिनमै दिने मन्त्री श्रेष्ठ...

‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन’

नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रुपमा विकास गर्नुपर्छ :...

प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेट, भोलि सत्ता गठबन्धनको...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

सरकारले रंगमञ्चलाई वास्ता नगरेको अभिनेता खनालको गुनासो

काठमाडौंमा चैत १७ देखि फ्लोरा एक्स्पो हुँदै

कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको भद्दा मजाक, दर्शक आलोचित

बैशाख १ मा आउने प्रदर्शन हुने फिल्म ‘बिहे पास’...

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, चैत्र १३, २०७९

२०.१५°

-
Clouds