काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका– ८ ढाडकोटमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ,भने ४ जना घाइते भएका छन् ।घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खसेर पुरिँदा सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । नेत्रकलाको घटनास्थलमै मृत्यु भएको हो । घाईते हुनेहरुमा सर्केगाड गाउँपालिका–७ का २५ वर्षदेखि २८ वर्ष उमेर समूहका तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी रहेका छन् ।