काडमाडौं । रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर विक्रम खड्का मगरले जानकारी दिनुभयाे ।
दुर्घटनामा गोकुलगंगा गाउँपालिकाका जनप्रतिनिधि पनि परेको प्रारम्भिक जानकारीमा आएको मगरले बताउनुभयाे । ‘हामी अहिले त्यतै जाँदैछौं, थप केहीबेरमा खुल्ला’, उहाँले भन्नुभयाे ।