सडक दुर्घटनाका घाईतेको जीवन रक्षार्थ सशस्त्र प्रहरी र सडक सुरक्षा परिषद् बीच सम्झौता

author

समाचारपाटी

१ year अगाडि

सडक दुर्घटनाको आपत्कालिन अवस्थामा उद्धार र उपचारको व्यवस्था गर्नेगरी राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहीवार काठमाडौं स्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा. रुपक महर्जन र राष्ट्रिय सडक सुरक्षा परिषद्को तर्फबाट सदस्यसचिव कृष्णराज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सुरक्षित सडक र दुर्घटना न्युनिकरणका लागि दुर्घटना भई आईपर्ने आपत्कालिन अवस्थामा खोज तथा उद्धार र उपचारको व्यवस्था दुर्घटनास्थलमै गर्न स्थानीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । पृथ्वी राजमार्ग ट्रमा सेन्टरबीच चिकित्सकीय सम्प्रेषण गर्न एक किसिमको आवद्धताको लागि कन्सलटेन्टहरुले तयार गरेको नमूनागत प्रणाली कार्यान्वयमा ल्याई परीक्षण गर्न सशस्त्र प्रहरी बल नेपालको सहयोग तथा कार्यान्वयको लागि समझादारी पत्रमा हस्ताक्षर भएको सशस्त्र प्रहरी बलले बताएको छ । कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्धार, घाईतेहरुको उपचार स्थलगतमै उपलब्ध गराउने गरी सम्झौता भएको बताउनु भयो । उहाँले नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा धेरै दुर्घटना हुने भएपनि सो सडकखण्डमा बल्बु अस्पताल भन्दा बाहेकका ठूला अस्पातल नभएकाले उपचार पहिलो प्राथमिकताको लागि विभिन्न संस्थाहरुसँगको सहकार्यमा काम गर्ने योजना रहेको बताउनु भयो । उहाँले नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्धार, घाईतेहरुको उपचार स्थलगतमै तुरुन्तै गर्ने उद्देश्यले सम्झौता गरिएको बताउनु भयो । उहाँले दुर्घटनामा परेका घाईते तथा बिरामीहरुलाई तत्काल उपचार सेवा प्रदान गर्नका लागि पृथ्वी राजमार्ग ट्रमा सेन्टर स्थापना भई कार्यसञ्चालन हुँदै आइरहेको उल्लेख गर्नुभयो । उहाँले दुई वर्षको लागि सम्झौता भएको बताउनु भयो । सडक दुर्घटना प्रतिकार्यलाई प्रभावकारी बनाई बिरामी तथा घाईतेहरुको जीवन रक्षा, ट्रमा सेन्टरको भौतिक संरचना र मानव संसाधनहरुको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

उक्त सम्झौता पश्चात नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्धार, घाईतेहरुको उपचार स्थलगतमै तुरुन्तै हुने अपेक्षा रहेको छ । त्यस्तै सडक दुर्घटनामा अनाश्यक मृत्यु र अंगभंगमा समेत उल्लेख्य कमी आउने र स्थानीय सबै स्वास्थ्य संस्थाहरुमा ट्रमा सम्बन्धि तालिम एवं मेडिकल सामग्री तथा उपकरणहरु समेत थप हुने सशस्त्र प्रहरी बलको अपेक्षा छ । —न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन