fbpx

दोलखाबाट काठमाडौं गइरहेको बस खाडीचौर बजारमा दुर्घटना हुँदा ८ जना घाइते

author

समाचारपाटी

१ year अगाडि

सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौं गइरहेको बा ४ ख १९३३ नम्बरको यात्रुवाहक बस शुक्रबार बलेफी गाउँपालिकाको खाडीचौर बजारमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। अरनिको यातायातले सञ्चालन गरेको यात्रुवाहक बसको ब्रेक फेल हुँदा गाडी अनियन्त्रित भई पसलमा ठोक्किएको थियो। जसका कारण दुई पसमा क्षति समेत पुगेको छ। इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार घाइते सबैलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल लगिएको छ।

बसमा १२ जनाभन्दा बढी यात्रु सवार थिए। अनियन्त्रित भएको बस खाडीचौर पुलबाट कपडा पसलमा गएर ठोकिएको थियो। स्थानीय प्रत्यक्षदर्शी मिलन सुवेदीले घटना भएलगत्तै स्थानीयले घाइतेलाई तत्काल स्थानीय अस्पताल पुर्‍याएको बताउनुभयाे। 'बस ठोकिएको आवाज आएपछि हामी त्यहाँ पुग्यौं', सुवेदीले भन्नुभयाे– ' यदि बस पसलमा नठोकिएको भए ठूलै दुर्घटना हुने देखिन्छ।’ 

दुर्घटनामा घाइते भएका बसका चालक, बस ठोक्किएको पसलका सञ्चालकसहित ८ जना घाइतेको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ। ‘घाइतेहरूको अवस्था सामान्य छ, दुर्घटनाको बारे हामी अनुसन्धान गरिरहेका छौं’, प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयाे – ‘प्रारम्भिक अनुसन्धानमा बस ब्रेक फेल भई दुर्घटना भएको देखिन्छ।’

annapurnapost
 


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन