काठमाडौं । एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। आइतबार बिहान ११:१५ बजे दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा नेपाल र अफगानिस्तानबीचको खेल हुँदैछ।
यस अगाडिको शुक्रबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ मा ३ विकेटको क्षतिमा पूरा गरेको हो।
त्यसैगरी अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग ७ विकेटले नै पराजित भएको थियो। पहिले ब्याटिङ गरेको अफगानिस्तानले भारतलाई जितका लागि १७३ रनको लक्ष्य दिएको थियो। भारतले उक्त लक्ष्य ३ विकेट गुमाएर पूरा गरेको थियो। सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ। नेपालले तेस्रो खेल मंगलबार भारतसँग खेल्नेछ।