fbpx

प्रिमियर कपको उपाधि दाबेदार ४ टोली

author

समाचारपाटी

८ महिना अगाडि

काठमाडौं । एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता शुक्रबारदेखि ओमानमा सुरु हुँदैछ । प्रतियोगिता समूह ए मा नेपाल, हङकङ, मलेसिया, कतार र साउदीअरेबिया छन् । समूह बी मा युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, बहराइन, कम्बोडिया र कुवेत छन् ।

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कप टी-२० प्रतियोगिता खेल्न पाउनेछ । एसिया कप टी-२० विश्वकपपछि हुने बताएको छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र प्रिमियर कपको विजेता हुनेछन् ।

टी-२० क्रिकेटमा कुनै पनि भर हुँदैन । एउटा ओभरले पूरा खेल मोडिन सक्छ । सबै टोलीका खेलाडी, बलियो र कमजोर पक्ष हेर्दा प्रिमियर कपको उपाधि जित्न सक्ने चार टोली यस प्रकार छन् ।

नेपाल

नेपाल प्रिमियर कपको उपाधि जित्न सक्ने प्रमुख दाबेदार टोली हो । गत वर्ष घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको उपाधि नेपालले जित्दै एसिया कपमा पहिलो पटक भारत र पाकिस्तानविरुद्ध खेलेको थियो ।

ब्याटिङमा गहिराइ हुनु, टी-२० विशेष खेलाडीको बाहुल्यता, सन्तुलित बलिङ आक्रामण र एकै टोलीले लगातारसँगै खेल्नु नेपालले उपाधि जित्न सक्ने प्रमुख आधार हुन् ।

ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो, ओमान ९ विकेटले पराजित

नेपालले खराब सुरुआत गर्दा पनि बलियो योगफल बनाउन र पुर्‍याउन सक्ने खुबी छ । नेपालको प्लेइङ-११ हेर्दा ९र१० नम्बरसम्म ब्याटिङबाट जिताउन सक्ने क्षमता भएका खेलाडी छन् । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको अलराउन्ड प्रदर्शन महत्वपूर्ण हुनेछ ।

दीपेन्द्र, कुशल मल्ल र कुशल भुर्तेल टी-२० विशेष खेलाडी मानिन्छन् । गुलशन झा र करण केसी क्लिन हिटर तीव्र गतिका बलिङ अलराउन्डर हुन् ।

ओमान

घरेलु टोली ओमान उपाधिको अर्को दाबेदार टोली हो । कुनै पनि टोली घरेलु मैदानमा अतिरिक्त बलियो हुन्छन् । घरेलु मैदान र कन्डिसनको भरपूर्ण फाइदा उठाउँदै ओमान उपाधि जित्न चाहन्छ । अनुभवी खेलाडी टोलीमा बढी हुँदा ओमानले कठिन समयमा पनि राम्रो खेल्न सक्छ ।

ओमानले गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको समूह चरण र फाइनल दुवै खेलमा घरेलु टोली नेपाललाई हराएको थियो । त्यसले गर्दा पनि उनीहरुको मनोबल उच्च छ ।

एसीसी प्रिमियर कप :- ओमान सेमिफाइनलमा

अकिब इलियास, जिशान मकसुद, कश्याप प्रजापति, प्रतिक अथभले र मोहम्मद नसिम खुसी जस्ता ब्याटर टोलीमा छन् । अनुभवी तीव्र गतिका बलर बिलाल खान घातक बन्न सक्ने ओमानका बलिङ हतियार हुन् ।

हङकङ

पछिल्लो समय हङकङले अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता पाउन सकेको छैन । हङकङ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो विरासत फर्काउन चाहन्छ । पछिल्लो संस्करणको टी-२० एसिया कप २०२२ हङकङले नै खेलेको थियो ।

अनुभवी ब्याटर बाबर हायत, निजाकत खान, अंशुमन रथ र मार्टिन कोट्जी जस्ता ब्याटर टोलीमा हुँदा कुनै पनि टोलीलाई हराउन सक्ने खुबी देखिन्छ ।

दक्षिण अफ्रिकी मुलका मार्टिन पछिल्लो समय राम्रो लयमा छन् । हङकङको तीव्र गतिको बलिङ आक्रामणमा नास्रुला राना, आयुश शुक्ला र इकबाल छन् । अनुभवी स्पिनर एहसान खानको स्पिन खेल्न पनि सहज हुनेछैन ।

यूएई

यूएई उपाधि जित्न सक्ने अर्को दाबेदार टोली हो । एशोसिएटकै खतरनाक हिटर मोहम्मद वासिम चलेमा कुनै पनि टोलीलाई यूएईले हराउन सक्ने आँट राख्छ ।

बासिल हमिद, अली नासिर र आयन खान जस्ता म्याच विनर अलराउन्डर टोलीमा छन् । मध्यक्रममा आसिफ खानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । अर्कोतर्फ यूएई र ओमानको कन्डिसन मिल्दछ ।

२०२२ को टी-२० विश्वकप छनोटको फाइनलमा आयरल्यान्डलाई हराउँदै ओमानले उपाधि जितेको थियो । वासिमले फाइनलमा यूएईविरुद्ध ११२ रनको शतकीय इनिङ खेलेका थिए ।

onlinekhabar


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक