साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल आज,नेपालको प्रतिद्वन्द्वी सिंगापुर

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी इस्ट जोन यू–१६ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा सिंगापुर प्रतिद्वन्द्वी पाएको छ। शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गर्दै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’ को उपविजेता सिंगापुरलाई प्रतिद्वन्द्वी पाएको हो। 

बायोमास ओभल क्रिकेट मैदानमा नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.५ ओभरमा ९९ रनमा समेटिएको थियो। मलेसियाका मोहमद हैरिलले सर्वाधिक २५ रन बनाए। यस्तै कप्तान मोहमद आलिफले १५ र मोहमद अक्रमले १२ रनको योगदान दिए। मलेसियाका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

मलेसियालाई सस्तैमा समेट्न नेपालका अशोक धामीले चार विकेट लिए। सात ओभर बलिङ गरेका उनले १४ रन खर्चिएर चार विकेट लिएका हुन्। कप्तान अभिषेक तिवारीले तीन तथा सन्तोष यादवले दुई विकेट हात पारे। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३.४ ओभरमा अलआउट हुँदै एक सय ८३ रनको योगफल खडा गरेको थियो। नेपालका अशोक धामीले अर्धशतकीय पालि खेले। उनले ३६ बलमा पाँच छक्का र तीन चौकाको सहयोगमा ५२ रन बनाए। यसैगरी नरेन भट्ट र सूर्यांशु कोइरालाले समान २९, कार्तिक कामतले १६ र दीपु कुमारले १५ रन जोडे। मलेसियाका मोहमद मुकरी, एरिन एकवाल, हरिक हाइकाल र मोहमद अक्रमले दुई÷दुई तथा मोहमद फतुलले एक विकेट लिए। 

जितसँगै नेपाल समूह ‘ए’को विजेताका रुपमा सेमिफाइनल प्रवेश गर्यो‍। मलेसिया उप विजेता बन्यो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। नेपालले फाइनल प्रवेशका लागि सोमबार सिंगापुरको सामना गर्नेछ।

annapurnapost


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’