fbpx

यूएईमा इन्टरनेटमा कसैलाई गाली गरेमा जेल सजायदेखि ५ लाख दिर्हामसम्म जरिबाना

author

समाचारपाटी

१२ महिना अगाडि

काठमाडौं । सामाजिक सञ्जाल होस् वा अन्य कुनै इन्टरनेटका माध्यम, कसैलाई बेइज्जती तथा आघात पार्ने खालका शब्द ‘टाइप’ गर्नु केही क्षणको कुरा हो । तर त्यसले अरुलाई ठूलो असर पार्न सक्छ । यदि तपाईं यूएईमा हुनुहुन्छ भने त झन् यस्तो कार्यले जेल सजायदेखि लाखौँ रुपैयाँ जरिबाना पनि तिर्नुपर्ने हुनसक्छ ।

भौतिक दुनियाँमाजस्तै इन्टरनेटको दुनियाँमा पनि शान्ति सुव्यवस्था कायम राख्न यूएईले कडा कानुन बनाएको छ । स्टुपिडु र इडियटु जस्ता शब्द प्रयोग गरेर कसैलाई म्यासेज र कमेन्ट गरेकै कारण पनि जेल सजाय साथै लाखौँ दिर्हाम जरिबाना तिनुपर्ने हुनसक्छ ।

यूएईले भर्खरै जारी गरेको सार्वजनिक अभियोजन सम्बन्धी नियमले कसैलाई गाली गर्नु, अपमान गर्नु वा मानहानी हुने कार्य गर्नुलाई गम्भीर ठूलो जरिबानाको भागिदार हुनेपर्ने भन्दै त्यस्तो नगर्न सचेत गराएको खलिज टाइमले लेखेको छ ।

यूएईमा इन्टरनेटका कुनै पनि माध्यम प्रयोग गरी कसैलाई गाली गर्नु, कसैको अपमान गर्नु, कसैको मानहानी हुने कार्य गर्नु ठूलो अपराध मानिन्छ । कसैले यस्ता क्रियाकलाप गरेमा त्यस्तो व्यक्तिलाई दुई लाख पचास हजारदेखि पाँच लाख दिर्हामसम्म जरिबाना हुने व्यवस्था गरिएको समाचारमा उल्लेख छ ।

पीडित व्यक्ति यदि सार्वजनिक क्षेत्र वा सेवामा कार्यरत भएमा जरिबाना झन् धेरै हुने कानुनमा उल्लेख छ । २०२१ को फेडेरल डिक्री ल नम्बर ३४ को धारा ४३ मा यस्तो व्यवस्था छ ।

यूएईले यस्ता गतिविधिमा शून्य सहनशीलता अँगिकार गरेको छ । सन् २०१८ मा एकजना व्यक्तिले अर्काको श्रीमतीलाई ह्वाट्सअपमा ‘इडियट’ भनेर म्यासेज गर्दा दुई महिनाको जेल सजायसहित २० हजार दिर्हाम जरिबाना तिर्नुपरेको थियो ।


काठमाडौं

आइतवार, असार ३, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन