कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ

author

समाचारपाटी

४ हप्ता अगाडि

धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–५, बनिनियाँमा भएको जघन्य कर्तव्य ज्यान घटनामा फरार रहेका प्रतिवादी हरिराम यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 


जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार २०८१ साल फागुन १७ गते दिउँसो १ बजे ४० वर्षीय यादवले आफ्नी २५ वर्षीया श्रीमती अञ्जली यादवमाथि कुटपिट गरी घरबाट निकालेका थिए । त्यसयता हरिराम करिव ३/४ दिनदेखि सम्पर्कविहीन रहेको र उनको घरमा ताला लागेको सूचनाका आधारमा स्थानीयवासीले शंका जनाउँदै प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले हरिरामको घरमा ताल्चा फोडी जाँच गर्दा भुईंतल्लामा रहेको कुलदेवताको पूजाकोठामा नयाँ सिमेन्ट ढलान गरिएको पाइएको थियो । उक्त स्थानमा उत्खनन गर्दा करिव दुई फिट मुनिबाट नाङ्गो अवस्थामा अञ्जली यादवको शव फेला परेको प्रहरीको भनाइ छ । घटनापछि यादव करिव १० महिनाकी छोरीसहित फरार थिए । मृतक अञ्जलीका पिता शिवधारी यादवले आफ्ना ज्वाईं हरिरामविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएपछि घटनामा प्रतिवादीको संलग्नता पुष्टि भएको थियो । जाहेरीका आधारमा जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति प्राप्त गरी खोजी जारी रहँदा २०८२ साल जेठ ८ गते बिहान ९ बजे जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी रेल्वे स्टेशनबाट प्रतिवादी यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनु भयो । 


हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र प्रतिवादीसँगै फरार भएकी छोरीको अवस्थाबारे पनि खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, असार ७, २०८२

२५.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन