काठमाडौं । बैंकिङ कसूर र ठगीसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका घर भई हाल भक्तपुरको चाँगुनारायणमा बस्दै आएका २५ वर्षीय दिनेश सापकोटालाई भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको छ ।
बैंकिङ कसूर र ठगीसम्बन्धी मुद्दामुद्दाका फरार प्रतिवादी पक्राउ