fbpx

उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने सरकारको निर्णय

author

समाचारपाटी

१0 महिना अगाडि

सरकारले सहसचिव सेवा लम्साललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवा समुहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने भन्ने पनि गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले विद्युत खपत वृद्धि तथा खनिज, इन्धन न्युनिकरण सम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गरेको पनि उहाँले बताउनु भयो । 

मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिदै मन्त्री शर्माले भन्नुभयो – ‘नेपाल परराष्ट्र सेवा समुहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव श्री सेवा लम्साललाई बढुवा गर्ने भन्ने निर्णय भएको छ । उहाँ सचिवमा बढुवा हुनुभएको छ । नेपाली सेनाका उपरथी श्री अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने भन्ने निर्णय पनि भएको छ ।
विद्युत खपत वृद्धि तथा खनिज, इन्धन न्युनिकरण सम्बन्धी कार्ययोजना २०८० पूर्वाधार समितिबाट आएको थियो यसलाई मन्त्रीपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको छ ।’

मन्त्रिपरिषद् बैठक अघि सरकारको कार्यसम्पादनको चौमासिक समिक्षा पनि भएको थियो । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले सो समिक्षा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अनुपस्थित भएका कारण विस्तृत रुपमा बैठकमा छलफल हुन नसकेको जानकारी दिनुभयो । उहाँहरुसहित आगामी दिनमा बैठक बस्ने भनेर आजको समिक्षा बैठक टुंगिएको उहाँको भनाई छ । मन्त्री शर्माले आजको बैठकमा राखिएको प्रस्तुतिकरणका अनुसार चौमासिक समिक्षाको प्रतिवेदन सन्तोषजनक नदेखिएको बताउनु भयो ।


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन