fbpx

नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनलमा पुग्दा अभिनाश बोहराको अर्को कीर्तिमान

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाल १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले पराजित गरेको हो । नेपालले अब समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीङ्लका र अफगानिस्तानमध्ये एउटासँग खेल्ने छ ।

चीनको हाङ्झाउमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १२ रन बनाएको थियो । दुई सय १३ रनको विजय लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी १९ दशमलव चार ओभरमा मात्र ७४ रनमा समेटियो । यस क्रममा नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिए ।

उनले तीन दशमलव चार ओभर बलिङ गर्दै मात्र ११ रन खर्चे । टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ विकेट लिने बोहरा पहिलो नेपाली बलर हुन् । यसअघि टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान पाँच–पाँच विकेट लिएका थिए । आज नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने, गुलशन झा र कुशल भुर्तेलले समान एक विकेट लिए ।

माल्दिभ्सका लागि ब्याटिङ गर्ने क्रममा मुएवियाथ अब्दुल घानीले ३४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३६ रन बनाए । यस्तै राशिद राशमले १२ तथा सिउस फरिदले १० रन बनाए । यसअघि नेपालका कप्तान रोहितकुमार पौडेलले २७ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले ।

यस्तै  कुशल मल्लले २० बलमा तीन चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए । कुशल भुर्तेलले १८ बलमा पाँच चौका र एक छक्कासहित ३५ रन, गुलशन झाले २१ बलमा एक चौका र तीन छक्कासहित ३५ रन तथा विनोद भण्डारीले १५ बलमा एक चौकासहित १३ रन बनाए । बलिङतर्फ माल्दिभ्सका बदिउ इस्माइल नाजवानले तीन विकेट लिए ।  नेपालले यसअघि पहिलो खेलमा मङ्गोलियालाई दुई सय ७३ रनले पराजित गरेको थियो ।

समूह ‘ए’बाट अपराजित रहँदै नेपालले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । समूह ‘ए’मा रहेका मङ्गोलिया र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् । पाँच टेस्ट मुलुक भारत, पाकिस्तान, बङ्लादेश, श्रीलङका र अफगानिस्तानले सोझै क्वाटरफाइनलमा मौका पाएका छन् । समूह ‘बी’बाट हङकङ क्वाटरफाइनलमा प्रवेश गरेको छ भने समूह ‘सी’बाट क्वाटरफाइनलमा प्रवेश गर्ने टोलीको टुङ्गो लागेको छैन ।


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन