बेंसीसहर । लमजुङ दोर्दी गाउँपालिका वडा नं. ८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हांगी कामीको जलेर मृत्यु भएको छ । सोमबार राति उहाँ बसेको छाप्रोमा अचानक आगोलागी हुँदा कामीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयाे।
परिवारसँग नबसी एक्लै एउटा सानो जस्तापाताको छाप्रोमा बस्दै आउनुभएका हांगी कामीको छाप्रोमा अचानक आगोलागी भएको र अशक्तताकाे कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।
उहाँकाे अनुसार प्रहरीलाई राति नै खबर आएपछि बेँसीसहर नगरपालिका वडा नं. ११ चितीका प्रहरीहरु सो स्थानमा पुगेका थिए । चुलोमा बलेको आगो निभाउन विर्सेर आगोलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका स्वकिय सचिव हरिबहादुर घिमिरेका अनुसार सो छाप्रो नजिकै रहेको ७ भेंडा, ३ भैँसी, ६ वटा राँगा घाइते भएका छन्।
source:-annapurnapost