ललितपुर । ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा भीषण आगलागी भएको छ। सनराइज अपार्टमेन्टको पछाडि रहेको एक कवाडी गोदाममा आगलागी भएको हो।
ललितपुर प्रहरी परिसरका प्रवक्ता पविन पोखरेलले प्लाष्टिकको कवाडी गोदाममा आगो लागेको र अहिले नियन्त्रणको प्रयास भइरहेको जानकारी दिनुभयाे।
आगलागीबाट मानवीय क्षति नभएपनि कवाडी गोदाम नष्ट भएको प्रहरीले बताएको छ। आगो नियन्त्रणका लागि दमकसहित अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ। आगलागीको कारण भने खुलेको छैन।