खोटाङ । ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ४५ मेकमाया तामाङको लडेर मृत्यु भएको छ । ऐंसेलुखर्क बजारमा किलमेल गरेर घर फर्कनेक्रममा स्थानीय कटुन्जे खोलामा लडेर तामाङको मृत्यु भएको हो ।
शनिबार राति सवा ९ बजेतिर जानकारी आएपछि इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कको टोली जाँदा खोलाभित्रको ढुंगामा मृत फेला परेकी प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले आइतबार बताउनुभयो ।
मृतकको आइतबार दिउँसो ऐंसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टपछि आफन्तले जिम्मा लिएको डिएसपी मुकारुङले बताउनुभयो ।
ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकीखोटाङमा खोलामा लडेर महिलाको मृत्यु