पोखरामा कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल सुरु

author

समाचारपाटी

१ year अगाडि

नेपाल ट्रस्टको मैदानलाई महानगरको स्वामित्वमा ल्याउन पहलःवडाध्यक्ष भट्टराई
पोखरा ।पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ। पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय
बुढाथोकीको सयुक्त आयोजनामा आजदेखि पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो ।

बुधबारदेखि सुरु भएको पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगितामा मालेपाटन एफसीले विजयी सुरुवात गरेको छ । मालेपाटन एफसीले लेकसाइड सेतोलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । मालेपाटनको जीतमा राजकुमार भुजेलले निर्णायक गोल गरे । सो खेलबाट अमृत गुरुङ म्यान अफ द म्याच बने ।
यस्तै दोस्रो खेलमा एनए भेट्रान्स लेकसाइडले टेन इलभेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्यो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

ट्राइबेकरमा एनए भेट्रानका गोलरक्षक विकास गुरुङले टेन इलभेन एफसीको प्रहारलाई रोक्दै जीत सुनिश्चित गर्दै म्यान अफ द म्याच बने । तेस्रो खेलमा सविन मेमोरियलले बागलुङ सुधार केन्द्रलाई २–१ गोल अन्तरले पराजित गर्याे । सविनको जीतमा सुवास केसी र विशाल गुरुङले समान १ गोल गरे भने बागलुङका लागि कुशल खड्काले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट अनुप राना म्यान अफ द म्याच बने । चौथो खेलमा एट टु नाइन एफसीले गार्डेन एफसीलाई २–१ गोल अन्तरले हरायो । एट टु नाइनको जीतमा दुवै गोल नरेश केसीले गरे भने गार्डेनका सन्तोष केसीले सान्त्वना १ गोल फर्काए । सो खेलबाट एट टु नाइनका नरेश केसी म्यान अफ द म्याच घोषित भए ।

यसैगरी आज भएको अन्तिम खेलमा लेकसाइड पहेंलोले न्यू एयरपोर्टलाई २–० गोल अन्तरले हरायो । लेकसाइडको जीतमा सुमन पुन र इश्वर गुरुङले समान १ गोलको योगदान दिए । सो खेलबाट सुमन पुन म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
खेल संयोजक विषम पहारीका अनुसार बिहीबार क्वाटरफाइनका ४ खेल सञ्चालन हुनेछन् । नेपाल ट्रस्टको खेलमैदानलाई महानगरको स्वामित्वमा ल्याउन पहल भइरहेको छः वडाध्यक्ष भट्टराई बाराहीघाटमा आजदेखि सुरु भएको पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले नेपाल ट्रस्टको मैदानलाई महानगरको स्वामित्वमा ल्याउन पहल भइरहेको बताए ।

विभिन्न खेलकुद प्रतियोगिताका लागि उपयुक्त मैदान भएकाले महानगरको स्वामित्वमा ल्याउने र वडाले निगरानी राख्ने गरी पहलकदमी भइरहेको दोहोर्याए। ‘बाराहीघाट अहिले नेपाल ट्रष्टको स्वामित्व रहेको छ । यस क्षेत्रमा कुनै कार्यक्रम गर्दा ट्रष्टको स्विकृति र शुल्क तिनुपर्ने झन्झट रहेको छ, वडाध्यक्ष भट्राईले भने, ‘बाराहीघाटलाई खेलकुद क्षेत्रको रुपमा विकास गर्न यस
ठाउँलाई महानगरको स्वामित्वमा ल्याउन हामीले पहल गरिराखेका छौं ।’उनले पोखरा पर्यटकीय राजधानी घोषणा भएको उल्लेख गर्दै खेल क्षेत्रको प्रर्वद्धन र विकासतर्फ लाग्नुपर्नेमा जोड दिए ।

‘महानगर र गण्डकी प्रदेश सरकारसँगै सबैको समन्वयमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका छौं, वडाध्यक्ष भट्टराईले भने, ‘बाराहीघाटमा साफ च्याम्पियनसिप प्रतियोगिताको केही खेल सम्पन्न पनि गर्याै । त्यसैले यस ठाउँलाई खेलकुद क्षेत्रको रुपमासमेत अगाडि लैजानुपर्छ भन्ने हाम्रो धारणा छ।’यसैगरी जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुच्छेले स्वर्गीय कृष्ण गिरीको खेलकुद क्षेत्रमा योगदान गरेको स्मरण गरे । ‘स्वर्गीय कृष्ण गिरी सानैदेखि खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो, विजुच्छेले भने, ‘४० वर्ष अगाडि लेकसाइडको विकासमात्रै नभएर
खेलकुदको विकासका निम्ति पनि उहाँको भूमिका महत्वपूर्ण छ ।’

आगामी ९ गते सम्पन्न हुने सो प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५÷५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन