fbpx

तेश्रो बेगनास कप शुरु, आयोजक र मत्स्य व्यवसायीको विजयी शुरुवात

author

समाचारपाटी

३ हप्ता अगाडि

लेखनाथ । विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवको आयोजनामा शुक्रबारबाट तेश्रो संस्करणको बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न उद्घाटन खेलमा आयोजक बेगनास युवा क्लव पहेंलो ले विनोद मेमोरियल एकेडेमी लाई ३–२ को गोल अन्तरले हराउँदै विजयी शुरुवात गरेको छ । खेलको ५ मिनेटमै पहिलो गोल गर्दै बेगनासका सुवास मगरले खेललाई अग्रता दिलाएका थिए भने १८ औं मिनेटमा बिनोद मेमोरियलका कुशल नेपालीले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

दोश्रो हाफपछिको पहिलो मिनेटमै पुन बेगनासकै सन्दिप परियारले अर्को गोल थपे भने लगत्तै बिनोद मेमोरियलका कुशल नेपालीले दोश्रो गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याएका थिए । खेलको दोश्रो हाफपछिको १३ औं मिनेटमा बेगनासका सन्दिप परियारले गरेको दोश्रो गोल नै जितका लागी निर्णायक बनेको थियो ।

यस्तै शुक्रबार नै सम्पन्न दोश्रो खेलमा मत्स्य व्यवसायी समिति पिप्लेको टिमले ए स्टार कयाफे बि लाई पराजित गरेको छ । खेलको निर्धारित समयमा दुवैपक्षबाट गोल हुन नसकेपछि भएको ट्राईबे्रकरमा ३–२ को गोल अन्तरले पराजित गर्दै मत्स्य व्यवसायी समिति पिप्लेले जित हासिल गरेको हो ।

प्रतियोगिताको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नंं ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बेगनास युवा क्लवले आयोजना गरेको प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै यसको लागी आवश्यक सहयोग गर्न वडा कार्यालय तत्पर रहेको वताएका थिए । उनले फुटबल सँगै भलिवल, ब्याडमिन्टन लगायतका अन्य खेल गतिविधिहरु पनि सञ्चालन गर्न क्लवलाई आग्रह गरेका थिए । उक्त अवसरमा वडाध्यक्ष कँडेलले प्रतियोगिताको प्रथम पुरस्कारको लागी रु १ लाख ५५ हजार ५ सय ५५ र
व्याडमिन्टन कोर्ट निर्माणको लागी १ लाख ५० हजार प्रदान गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले सरसफाई अभियानबाट राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा बनाएको ख्यातिलाई खेलकुदको माध्यमबाट अझै उँचो बनाउन क्लवलाई आग्रह गरेका थिए । उनले प्रतियोगिताको दोश्रो पुरस्कार ५५ हजार ५ सय ५५ वडाको तर्फबाट प्रदान गर्ने घोषणा गरेका थिए ।

उक्त अवसरमा क्लवका पुर्वअध्यक्ष केदार लामिछानेले कलवलाई खेल गतिविधिको लागी जग्गा आवश्यक रहेको र सिचाईले अधिग्रहण गरेको जग्गा क्लवलाई नै आवश्यक रहेको वताउँदै जुनसुकै हालतमा अव क्लवलाई चाहिनेमा जोड दिंदै यसतर्फ सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।

क्लवका सल्लाहकार राममणि अधिकारीले खेलकुदले अनुशासन सिकाउने भएकाले अन्य खेलगतिविधिहरु सञ्चालन गर्दै युवाहरुलाई अनुशासित बनाउन र सहि बाटोमा डोर्याउन यस किसिमका प्रतियोगिताहरुले उल्लेख्य भुमिका निर्वाह गर्ने वताएका थिए । क्लवका अध्यक्ष निनेन लालचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आशिष अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सचिन रानाभाटले गरेका थिए ।

फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा करिव २० टिमको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिताका संयोजक विज्ञान कोईरालाले जानकारी दिएका छन् । प्रतियोगिता संचालन गर्न रु ९ लाख ५० हजार खर्च लाग्नेछ भने करिव १० लाख आम्दानी हुने र खर्च कटाएर ५० हजार बचत हुने अनुमान गरिएको छ भने प्रतियोगिताबाट वचत हुने रकमबाट खेल मैदान मर्मत, क्लवका सदस्य हरुको क्षमता अभिवृद्धि तथा स्थानिय पर्यटन प्रवर्धन गर्न खर्च गरिने छ। प्रतियोगितामा पोखरा महानगरपालिका वडा नं ३१ को कार्यालय संरक्षकको रुपमा रहेको छ भने सहयोगी संस्थाहरुमा पोखरा महानगरपालिका वडा नं ७, ८, ९, १२, १३, २६ र ३० को कार्यालय, एन्फा कास्की, लेखनाथ उद्योग वाणिज्य संघ, आदर्श युवा क्लव रहेका छन्।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...