गोरखाबाट प्रहरीले बरामद गरेको चम्किलो ढुंगा बहुमूल्य क्वार्ज क्रिष्टल भएको पुष्टि

author

समाचारपाटी

२ years अगाडि

गोरखा । गोरखा नगरपालिका-७ सतिपीपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको चम्किलो ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि भएको छ । खानी तथा भूगर्भ बिभागबाट आएको टोलीले परीक्षणपछि उक्त ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि गरेको हो । टोलीले बुधबार ढुंगा परीक्षणको रिपोर्ट जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।

बिभागबाट आएकी भूगर्भविद डा. सुस्मिता भण्डारीले उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर भएको बताउनुभयाे । भूगर्भविदको टोलीले ढुंगाको नापतौल लिनुका साथै यसको विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो ।

संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको बताउँदै भूगर्भविद डा भण्डारीले कडापनका आधारमा उक्त चट्टान ७ औं नम्बरमा रहेको जानकारी दिनुभयाे । कडापनका आधारमा हिरा १० औं नम्बरमा पर्ने उहाँको भनाइ छ ।

उक्त क्वार्ज क्रिष्टल मुख्य रुपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ । घडी, कम्प्युटर, रेडियो ट्रान्समिटर जस्ता विद्युतीय उपकरणहरुमा पनि आंशिक रुपमा क्वार्ज क्रिष्टलको प्रयोग हुने बताइएको छ । अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा उक्त ढुंगा खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि भनिएको छ ।

खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमा भनिएको छ । विभागको अनुमति नलिई कसैले पनि यस्ता खनिज पदार्थ उत्खनन र संकलन गर्न नपाइने र गरेमा १ लाँख रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको भूगर्भविद् भण्डारीको भनाइ छ ।

विभागको टोलीसँगको भेटमा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले ऐतिहासिक र धार्मिक हिसाबले उक्त पत्थरलाई गोरखामै राख्नुपर्ने धारणा राख्नुभयाे । जिल्लास्थित दर्जन बढी सामाजिक संघसंस्थाले पनि उक्त पत्थरलाई गोरखा दरवार परिसरमा राखेर संरक्षण गर्न माग गरेको उहाँले बताउनुभयाे ।

गोरखामै राख्नेबारे नेपाल सरकारका विभिन्न निकायसँग समन्वय गर्नका लागि समय चाहिने भएकाले तत्काल प्रहरी कार्यालयमै राख्न मेयर राना मगरले विभागका भूगर्भविद्हरुलाई आग्रह गर्नुभएकाे छ ।

उक्त ढुंगाको तौल ५२ किलो ३ सय ३० ग्राम रहेको र यति तौलको एउटै चट्टान भेटाउन मुस्किल पर्ने भूगर्भविद् भण्डारीले बताउनुभयाे । प्रहरीले गोरखा नगरपालिका–७ सतिपीपलबाट गत असार १४ गते उक्त ढुंगा बरामद गरेको हो । लाखौं रुपैयाँमा खरिद बिक्रीका लागि मोलमोलाई भइरहेको सूचनाका आधारमा ढुंगा राखिएको घरमा छापा मारेर बरामद गरिएको प्रहरीले जनाएको छ ।

ढुंगाबारे यकिन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयले खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेको थियो । सोही आधारमा विभागले भूगर्भविद् डा सुस्मिता भण्डारी र दुर्गा बोलाखेलाई गोरखा पठाएको थियो ।

हेर्नुहोस् खानी तथा भूगर्भ विभागले पुष्टि गरेको पत्र

onlinekhabar


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२४.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...