इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमवार संयुक्त राज्य अमेरिकाले अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न विदेशमा तथाकथित गैर–सरकारी संस्थाहरू (एनजीओहरू) प्रयोग गरेको आरोप लगाउनुभएको छ । हालै अमेरिकी कोष फ्रिज घोषणामा टिप्पणी गर्न सोधिएको बेला बगाईले साप्ताहिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो । विभिन्न अमेरिकी प्रशासनहरूले विगत दशकहरूमा अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न र विभाजन र राजद्रोह निम्त्याउन विदेशी सहायताको उपकरण प्रयोग गरेको बताउनु भयो । जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायताको पुनर्मूल्याङ्कन र पुनर्गठन सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभयो ।
सिन्ह्वा