काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ६ चिसापानीमा गएराति भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
गएराति सवा १० बजे रा १ ख २७३४ नम्बरको टिपरले बा ३४ प १००७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चिसापानी बस्दै आएका मोटरसाइकलका चालक ३३ वर्षका पासाङ लोप्चन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तामाङको ग्रीन सिटी अस्पताल सामाखुशीमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।