fbpx

ठमेल र दरबारमार्गमा रात्रीकालीन व्यवसाय सञ्चालन आए नेपालकै नमूना पर्यटकीय नगरी बन्छः व्यवसायी

author

समाचारपाटी

८ महिना अगाडि

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला गर्ने सन्दर्भमा गृह मन्त्रालयमा सरोकारवालासँग छलफल भएको छ । शुक्रवार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा सरोकारवाला निकायहरुसँग छलफल भएका भएको हो । छलफलमा २४ सै घण्टा व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधि समेत बनाएको छ । कार्यविधिको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफलमा जानकारी गराउनु भयो । उहाँले कार्यविधिमा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वायरूपमा ध्वनी नियन्त्रण ‘साउण्ड प्रुफ’ व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले कार्यविधिमा बिहान ४ बजेसम्म सञ्चालनमा रहने त्यस्ता व्यवसायका लागि छुट्टै आचारसंहिता तयार पारिएको बताउनु भयो । उहाँले जसमा श्रमिकको नाम थर ठेगानासहितको व्यक्तिगत विवरणको लगत तयार गरेर राख्नुपर्ने, डान्स बार, दोहोरी, लाइभ बार एण्ड लाउन्ज बार, पब, बार, क्लव र डिस्कोमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन नपाइने बताउनु भयो । सीडियो बस्नेतले कार्यविधि अनुसार सम्पूर्ण रात्रिकालीन व्यवसायीका लागि सम्पूर्ण सुरक्षा तथा मापदण्ड व्यवस्था गरिएको बताउनु भयो । उहाँले बिहान ४ बजेसम्म सञ्चालनमा रहने मनोरञ्जनात्मक व्यवसायका लागि केही थप आचारसंहिता व्यवस्था गरेको बताउनु भयो । उहाँले अत्याधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्याउन तथा सुरक्षितरूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, कलाकारहरूले गायन तथा पर्दशन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमुलक नृत्य प्रदर्शन गर्नुपर्ने, डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा सजगतापूर्वक स्वस्थ मनोरञ्जन दिनेगरी गायन तथा नृत्य व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

छलफलमा बोल्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राजधानीका सडकमा माग्न बसेकाहरू दुःख पाएर भन्दा पनि व्यवसायिक उद्देश्यले आउने गरेको दाबी गर्नुभयो । उपप्रमुख डंगोलले काम गर्न भन्दा माग्दा बढी कमाइ हुने गरेकाले सडक मानवमुक्त काठमाडौं बनाउने अभियान असफल भएको उल्लेख गर्नुभयो । उहाँले चौबिसै घण्टा बजार खुला गर्ने निर्णय ठिकै भएपनि त्यसमा सुरक्षा र स्थानीयको सुत्न पाउने अधिकारको पनि ख्याल गरिनुपर्ने बताउनु भयो । न्युरोड जस्तो ठाउँमा दिउँसै सुरक्षा दिन सकस भइरहेका बेला रातिको सुरक्षाबारे सरकारले सोच्नुपर्नेमा जोड दिनुभयो । उहाँले ठमेलमा घरधनीहरु पनि बस्ने भएकाले ध्वनी प्रदुषणलाई  (साउण्ड प्रुफ) बाध्यकारी बनाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सडकमा माग्नेहरू दुःख परेर भन्दा पनि व्यवसायिक ढंगले आउने रहेछन् । काम गरेरभन्दा मागेर धेरै कमाइ हुन्छ भनेर उनीहरूले नै भनेका छन् । यसअघि पनि महानगरमा सडक मानवमुक्त अभियान सुरू भएको हो, तर सफल भएको छैन । तथ्य जाँच गर्दा उनीहरु व्यवसायिक ढंगले माग्ने र घर घडेरी जोड्ने गर्दा रहेछन् । ठमेलमा घरधनीहरु बस्छन् । न्यायिक समितिमा धेरै यस्ता उजुरी ठमेलबाट आएका छन् कि ध्वनी प्रदुषणले गर्दा डिप्रेसनमा गएँ, सुत्न नसकेर बिरामी भइयो, स्लिपिङ ट्याबलेट खानुपरेको जस्ता उजुरी छन् । साउण्ड प्रुफलाई बाध्यकारी बनाइनुपर्छ ।’

छलफलमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला गर्ने काम शुरु गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ठमेल र दरबारमार्गका व्यापार व्यवसायको लागि ध्वनी प्रदुषण सतप्रतिशत कम गरेर वा अन्य सबै नियमन सतशत प्रतिशत गरेर गर्नसक्ने अवस्था नभएको बताउनु भयो । उहाँले सरकारले बनाएको रात्रिकालिन व्यवसाय सञ्चालन कार्यविधि पूर्णरुपमा कार्यान्वयन गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले विदेशबाट आउने पर्यटकहरुले नेपालमा १० बजे नै सबै होटल,रेष्टुरेण्टहरु बन्द हुने नकारात्मक सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको बताउनु भयो । अध्यक्षले व्यवसायीहरुलाई प्रोत्साहन दिएर व्यवसायीक वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले रात्रिकालिन व्यवसाय पहिला नै शुरु गर्नुपर्ने भएपनि अहिलेसम्म गर्न नसक्दा धेरै ढिला भएको भन्दै तत्काल शुरु गर्न आग्रह गर्नुभयो ।

छलफलमा बोल्दै  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले समय पर्खिने भन्दा पनि तत्काल व्यवसाय सञ्चालनको लागि अनुमति दिन आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी नेपाली नववर्षको अवसर पारेर वैशाख १ गतेबाट पूर्णरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । वरिष्ठ उपाध्यक्ष सिटौलाले ट्याक्सीको व्यवस्थापन भाडाको विषयमा यातायात व्यवस्था कार्यालयले टुङ्गो लगाउनुपर्ने बताउनु भयो । उहाँले रात्रिकालिन बस सञ्चालनको लागि भाडा व्यवस्थापन गर्न नसक्दा महानगरले शुरु गरेको बस सञ्चालन गर्न नसकिएको बताउनु भयो । उहाँले रातिमा सबै उद्योग कलकारखाना र व्यापार व्यवसाय सञ्चालन भएर २४ सै घण्टा सार्वजनिक यातायात सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भयो । यातायात सञ्चालनको लागि वातावरण बन्न आवश्यक रहेको उहाँको भनाई थियो ।

ठमेल पर्यटन विकास परिषद् अध्यक्ष भविश्वर शर्माले नेपालमा आउने करिव ८० प्रतिशत पर्यटक ठमेलमा घुम्न,बस्न र खाना आउने गरेको बताउनु भयो । उहाँले त्यसबाट करिब ६० हजारलाई स्वरोजगार बनाएको दाबी गर्नुभयो । अध्यक्ष शर्माले व्यवसायीहरुको करिव २० प्रतिशत स्थानीय वासिन्दा भएकाले उनीलाई सहज तरिकाले बस्न पाउने अधिकारलाई सुनिश्चित गरी व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ठमेल पर्यटकीय क्षेत्रलाई २४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने सन्दर्भमा गुरुयोजनालाई आजदेखि नै कार्यन्वयन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले ठमेलमा केही व्यवसाय सञ्चालनमा भएपनि कुनै मापदण्ड कायम गरी नियमित अनुगमन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले व्यवसायी सञ्चालनको लागि बनाएको कार्यविधि पूर्णरुपमा कार्यान्वयन गर्न सके ठमेल र दरबारमार्ग नेपालकै नमुना पर्यटकीय नगरी बन्नसक्ने दाबी गर्नुभयो ।

छलफलमा स्थानीयवासी तथा व्यवसायीहरुले सरकारले सहज रुपमा बस्न पाउने अधिकार हनन नहुने र सहज रुपमा व्यवसाय वातावरण बनाउने र शान्ति सुरक्षा मजबुत हुनेगरी व्यवसाय सञ्चालन गर्न सुझाव दिएका छन् । उनीहरुले माथिको सटरमा क्लव सहज रुपमा सञ्चालन गर्ने दिने तर तलको सटरमा चिया बेच्न नपाउने वातावरण राज्यले बनाउन नहुने उनीहरुको सुझाव थियो । उपभोक्ताकर्मीहरुले उपभोक्ताको हकहितमा व्यवसाय सञ्चालन गर्ने कुराको स्वागत गरे । उनीहरुले उपभोक्तालाई गुणस्तरहिन र मूल्यमा ठगिनुपर्ने वातावरणको अन्त्य सरकारले गर्न सुझाव दिए । यता सरकारले श्रमिकलाई रात्रिकालीन समयमा वासस्थानसम्म पु¥याउनुपर्ने व्यवस्था मिलाउनुपर्ने, व्यवसायस्थलमा यौन तथा यौन उत्पीडन÷शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्ने, श्रमजीवी महिला तथा कर्मचारीले पोशाक परिवर्तन गर्ने कोठामा सिसीटीभी राख्न नपाइने व्यवस्था गरिएको छ । व्यवसायी उपभोक्ता, श्रमिकले पालना गर्नुपर्ने आचारसंहितामा नाबालिकलाई कुनैपनि व्यापार व्यवसायमा राख्न नपाउने व्यवस्था गरिएको छ । भने, नाबालिक तथा नाबालिकलाई सूर्तिजन्य तथा मदिराजन्य पदार्थ बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । श्रमिकलाई नियुक्ति पत्र, पोसाक, परिचयपत्र, रात्रिकालीन भोजन, रात्रिकालीन समयमा निवाससम्म पुग्ने व्यवस्था मिलाउनुपर्ने मापदण्ड राखिएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, मंसिर १७, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन