fbpx

पोखरा १५ मा बृहत् खेलकुद महोत्सवको तयारी तीव्र, ‘राईट फर चिल्ड्रेन’ को संस्थागत सहयोग

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्ने बृहत खेलकुद महोत्सवको तयारी तीब्रताका साथ अगाडि बढाएको छ । महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीका अनुसार अघिल्ला दुई महोत्सवभन्दा थप परिस्कृत र भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको छ ।

वडा स्थित विभिन्न संघसंस्थाले पनि सहयोगी हात अघि बढाएका छन् । बालबालिकाको क्षेत्रमा कार्यरत ‘राईट फर चिल्ड्रेन’ ले पनि संस्थागत सहयोग गर्ने भएको छ । खेलकुद महोत्सव सहयोगार्थ उक्त संस्थाले दुई लाख ५० हजार रकम प्रदान गर्ने सम्झौता भएको छ । संस्थाले फोटो तथा भिडियोग्राफी, डिजिटल बोर्ड डिस्प्ले, खेलाडी जर्सी, साउण्ड सिस्टम तथा टेन्ट, कुर्ची व्यवस्थापनका लागि सहयोग गर्नेछ ।

वडा कार्यालयका तर्फबाट वडा अध्यक्ष तोरणबहादुर बानियाँ तथा ‘राईट फर चिल्ड्रेन’का तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृति श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा महोत्सव संयोजक एवं वडा सदस्य आशिष भण्डारी, वडा सदस्य बलराम पौडेल, वडा सचिव युवराज पौडेल, ‘राईट फर चिल्ड्रेन’ का परियोजना प्रवन्धक सन्तोष गुरूङ, अधिकृत लक्ष्मी गौतमलगायतको उपस्थिति रहेको थियो ।

वडाध्यक्ष बानियाँले वड़ा खेलकुद महोत्सवको अवधारणा अनुरुप स्थानीय तहमा खेलकुदको माध्यमवाट समुदायको सर्वांङ्गिण विकास गर्न केन्द्रित रही महोत्सवलाई निरन्तरता दिइएको बताउनुभयाे। उहाँले यस्ता गरिमाामय संघसंस्थाको सहयोगबाट वडा उत्साहित बनेको र आफूहरुको अभियानलाई अघि बढाउन मद्धत पुग्ने बताउनुभयाे ।

‘राईट फर चिल्ड्रेन’ ले पोखरा १५ मा समुदायमा आधारित कार्यक्रम शिशु स्याहार केन्द्र (ईसीडी) शिवशक्ति टोल, निर्मल टोल, गैह्री गाउँ र पट्नेरीमा सञ्चालन गरिरहेको छ । यस्तै, स्वास्थ्य शिविरहरु, शिक्षा सम्बन्धी कार्यक्रममा पनि सहयोग गरिरहेको छ । बालबालिकालाई पूरक कक्षा, माध्यमिक तहका विद्यार्थीहरूलाई वृत्ति परामर्श दिएर वडासँग समन्वय सहकार्य गरिरहेको परियोजना प्रवन्धक सन्तोष गुरुङले बताउनुभयाे ।

वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुनेछ ।

‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न संघसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन