fbpx

पोखरा–१५ मा वृहत खेल महोत्सव सुरु ’मुलुक र समाजको पहिचान दिने एकमात्र पात्र खेलाडी’–विद्या भट्टराई

author

समाचारपाटी

९ महिना अगाडि

पोखरा । पोखरा –१५ को वृहत् खेलकुद महोत्सव मंगलबारदेखि सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं –१५ द्वारा आयोजित वडास्तरिय तीन दिने वृहत् खेलकुद महोत्सव पोखरा –१५ स्थित बन विज्ञान क्याम्पसको खुल्ला चौरमा सुरु भएको हो।

महोत्सवको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले हरेक व्यक्तिमा भएको क्षमतालाई प्रदर्शन गर्न खेलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै देशलाई परिचित बनाउनका लागि अन्य थुप्रै क्षेत्र भए पनि मुलुक, समाज र टोलको पहिचान खेलाडीले मात्र दिन सक्ने बताउनुभयाे।

उहाँले खेलाडीहरूको विकासका लागि राज्यले निश्चित लगानी गर्नुपर्नेमा त्यसो हुन नसकेकोमा दुखेसो पोख्नुभयाे। वडा स्तरमा हुने यस्ता प्रतियोगिताबाट खेलाडी उत्पादन तथा नवप्रतिभाको पहिचान हुने भट्टराईको भनाई थियो ।

यस्तै वडाध्यक्ष तोरण बानियाँले स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति भएकाले जबसम्म नागरिक स्वस्थ हुँदैनन् तबसम्म उनीहरूले समाज र परिवारका लागि केही योगदान गर्न सक्दैनन् भन्ने हेतुले हरेक टोल र बस्तीमा खेलकुदको अभियानलाई जोड्न दोस्रो पटक पनि खेलकुद महोत्सवलाई निरन्तरता दिइएको बताउनुभयाे। बानियाँले वडा नं –१५ मा ४२ वटा टोल विकास संस्था ३८ वटा आमा समूह लगायत थुप्रै क्लबहरू रहेको भन्दै ठुलो क्षेत्रफलमा फैलिएको वडावासीहरू बिच खेलकुदले आपसी सम्बन्ध र भाइचाराको सम्बन्ध विस्तार हुने विश्वास लिनुभयाे। आगामी वर्षहरूमा यो कार्यक्रमलाई अझै बृहत्तर रूपमा आयोजना गरिने तथा वडावासीले देखाएको उत्साहले आफूहरूलाई झनै हौसला र ऊर्जा प्राप्त भएको बानियाँले बताउनुभयाे ।

खेल संयोजक तथा वडा सदस्य आशिष भण्डारीले गत संस्करणको वडा स्तरीय खेलकुद महोत्सवमा सहभागी भएका खेलाडीहरूले पोखरा महानगरमा आयोजना भएका विभिन्न प्रतियोगिताहरूमा उपाधि जित्दै वडाको गौरव बढाएको प्रतिक्रिया दिए। उनले समाजमा रहेका मतभेदलाई खेल क्षेत्रले एकत्रित गर्ने र समाजमा एकताको सन्देश दिने बताउनुभयाे ।

महोत्सवमा वडाका विभिन्न आमा समूह, टोल विकास संस्थाहरूले खेल मैदानमा मार्च पास गरेका थिए । खेल महोत्सव उद्घाटन समारोह कार्यक्रमलाई वडा सदस्य मन्दिरा परियारले सञ्चालन गर्नुभएकाे थियाे । यस्तै आज भएको पुरुष फुटबलमा मेरिगोल्डले हार्वड एकेडेमीलाई १–०, सिद्ध माविले केल्स एकेडेमीलाई २–०, फलेपाटनले आदर्श टोललाई १–०, प्रतिभाले निर्मल टोललाई २–०, गलेश्वरले नव जनशक्तिलाई ३–० र वेलननले थ्री एन्जेललाई ३–२ ले पराजित गरेको छ।

यस्तै पुरुष भलिबलतर्फ आदर्श टोलले स्यानी मजुवा, ठुलि मजुवालाई शिवशक्ती टोल, अलकापुर टोललाई तल्लो नयाँगाँउ र सँगम टोललाई प्रतिभा टोलले पराजित गरेको छ । महिला भलिबलतर्फ प्रतिभा आमा समूहलाई स्यानी मजुवा आमा समूहले, भगवती आमा समूहलाई एकता आमा समूह र चेतना महिला कृषक समूहलाई जनजागृति आमा समूहले पराजित गरेको छ ।

आज नै भएको ब्याडमिन्टन खेलमा पुरुषतर्फ प्रतिभा, तल्लो नयाँ गाउँ, ठुली मजुवा, मितेरी र धौलागिरि टोल विजयी बनेका छन् । भने, महिला ब्याडमिन्टन तर्फ माछापुच्छ्रे चौतारी विजयी बनेका छन् ।

तीन दिसम्म चल्ने खेलकुद महोत्सवमा टोल विकास, विद्यालय तथा क्लबस्तरिय फुटबल, पुरुष तथा महिला भलिबल, पुरुष – महिला सडक दौड, रस्साकस्सी, ब्याडमिन्टन, बास्केट बल लगायतका विभिन्न खेलहरूमा झन्डै १२ सय खेलाडीले भाग लिएका छन् ।


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२१.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने