रुकुम पश्चिम । रुकुम पश्चिममा घाँस काट्न गएकी एक बालिकाको भिरबाट खसेर मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर १० चुन गाउँकी बिमला खड्का रावतकी १२ वर्षीया छोरी सिर्जनाको सेलाजुखोला जङ्गलमा रहेको भिरबाट खसेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठका अनुसार सोमवार बिहान घाँस काट्न गएकी सिर्जनाको भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको हो ।