रामेछाप । १३ वर्षीया दलित बालिकालले घरभित्र पसेर दही चोरेको भन्दै २० घण्टासम्म बाँधेर यातना दिएको अभियोगमा ६५ वर्षीय वृद्ध जेल चलान भएका छन् ।
रामेछापको मन्थली नगरपालिका ६ का शेरबहादुर श्रेष्ठलाई सजाय भुक्तानका लागि बिहीबार रामेछाप कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
श्रेष्ठलाई रामेछाप जिल्ला अदालतले गत भदौ २९ गते दुई बेग्लाबेग्लै मुद्दामा कैद सजाय र जरिवाना हुने फैसला सुनाएको थियो । १३ वर्षीया दलित बालिकालाई अपहरण तथा शरीर बन्धक गरेको अभियोगमा ३ वर्ष ५ महिना ८ दिन कैद र २५ हजार जरिवाना हुने सजाय सुनाइएको छ ।
यसैगरी श्रेष्ठविरुद्ध जातीय छुवाछूत र भेदभादसम्बन्धी कसुरमा ११ महिना ८ दिन कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसलासमेत रामेछाप जिल्ला अदालतले सुनाएको थियो ।